७ वैशाख २०८१ शुक्रबार
राजनीति

ओलीले हुँदै नभएका कुरालाई उखान टुक्कासँग जोडेर कुण्ठा पोखेः सांसद विश्वकर्मा

नेपाली काँग्रेसका सांसद मीनबहादुर विश्वकर्माले पूर्वपधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले संसदमा गरेको भाषण सत्ताबाट बाहिरिँदाको कुण्ठा भएको बताएका छन्।

प्रतिनिधिसभामा पूर्वप्रधानमन्त्री ओलीको सम्बोधनपछि सञ्चारकर्मीहरुसँग बोल्दै यस्तो बताएका हुन्। उनले सरकारको नीति तथा कार्यक्रमका विषयमा भन्दा पनि अदालतको आदेशका विषय आफ्ना कार्यकतासँग बसेर गफ दिएको जस्तो भएको टिप्पणी गरे। विश्वकर्माले ओलीले हुँदै नभएका कुरालाई उखान टुक्कासँग जोडेर गफ र कुण्ठा पोखेको बताए।

उनले भने,‘आफ्ना कार्यकर्तासँग बसेर गफ गरे जस्तो गरेर सत्ताबाट बाहिरिँदाका कुण्ठा र पूर्वाग्रह पोख्ने काम भयो। कहाँको नीति तथा कार्यक्रम छ कहाँ अदालतको आदेश छ। हुँदै नभएको कुरालाई जोडेर उखान टुक्कासँग जोडेर गरेका गफ र कुण्ठा अभिव्यक्त गर्ने कुरालाई लिएर हामीले आधार बनाउन मिल्दैन। प्रमुख प्रतिपक्ष दलले नीति तथा कार्यक्रम प्रतिको टिप्पणी हो। त्यो गर्नु भएको छ त्यसलाई सामान्य रुपमा लिन्छौं।’

सांसद् विश्वकर्माले पूर्वपधानमन्त्री ओलीको भाषण प्रमुख प्रतिपक्ष दलले सरकारको नीति तथा कार्यक्रम प्रतिको टिप्पणीका रुपमा सरकारले लिने बताए।

प्रकाशित: १२ जेष्ठ २०७९ ११:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App