८ वैशाख २०८१ शनिबार
राजनीति

त्रियुगाका थप २ वडामा माओवादीको प्यानल विजयी

काँग्रेस १ र एमाले १ मा

सदरमुकाम त्रियुगा नगरपालिकाका थप २ वटा वडा गठबन्धनबाट उठेको नेकपा (माओवादी केन्द्र)ले प्यानलै जितेको छ। एउटा वडा नेपाली काँग्रेस र अर्को एउटामा नेकपा (एमाले)ले जितेका छ।  

पछिल्लो निर्वाचन परिणाम अनुसार वडा नं. १४ को साउने र १५ को खाँबुमा माओवादी केन्द्र प्यानलै जित्न सफल भएको हो। वडा नं. १४ मा हिमराज मगर ६ सय ६२ मत प्राप्त गर्दै वडाध्यक्ष जितेका छन्। यसअघि वडा सदस्य रहेका मगरका निकटम प्रतिस्पर्धी एमालेका मेघजीत राईले ५ सय १ मत ल्याउँदा नेपाली काँग्रेसकी गीताकुमारी थापामगरले १ सय ४ मत पाएकी छिन्।  

त्यसैगरी वडा नं. १५ मा गणेशप्रसाद तिम्सीना ९ सय ६१ मत ल्याएर जितेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका नीरकुमार मगरले ६ सय ७२ ल्याएका छन् भने एमालेका गिरीराज बस्नेतले ३७ मतमा चित्त बुझाउनु परेको छ। काँग्रेसका पराजित प्रतिस्पर्धी मगर यसअघिका वडाध्यक्ष हुन्।  

यो जितसँगै माओवादी ३ वटा वडामा प्यानलै विजयी हुन सफल भएको छ। यसअघि १६ नं. वडामा मानबहादुर राईले कुल खसेको मतको ६४ प्रतिशत हिस्सा ओगट्दै वडाध्यक्षमा प्यानलै विजयी भईसकेका छन्। मेयर र उपमेयरमा एकीकृत समाजबादीसँग गठबन्धन गरेको माओबादीले अघिल्लो चुनावमा १४ र १६ नं. मा मात्र जित निकाल्न सकेको थियो।  

अहिलेसम्म काँग्रेस र एमालेले १/१ वडा जितिरहेका छन्। काँग्रेसका मनोजकुमार चौधरीले वडा नं. १ मा७ सय २६ मत ल्याएर वडाध्यक्ष दोहोरिएका छन् भने स्वतन्त्र उम्मेदवार नारायण ढकालले ४ सय ८३ मत पाएर दोस्रो स्थान लिएका छन्। एमालेका दिलिपकुमार चौधरीले ४ सय ४५ मत पाएका छन्। त्यसैगरी वडा नं. २ मा घमानसिंह खत्रीले १ हजार ५१ मत ल्याएर वडाध्यक्षमा दोहोरिएका छन्। उनका निकटतम प्रतिस्पर्धी टीकाराम बुढाथोकीले ९ य ९२ मत पाउँदा एकीकृत जसमाजबादीका रामश्रेष्ठ चोधरीले ४ सय १२ मत पाएका छन्।  

पछिल्लो परिणाम अनुसार मेयरमा गठबन्धनका उम्मेदवार एकीकृत समाजबादीका बलदेव चौधरी र उपमेयरमा काँग्रेसकी सरिता राईले अग्रता लिइरहेका छन्। चौधरीले ३ हजार ४ सय ७२ मत पाईरहँदा काँग्रेसका बसन्त बस्नेतले ३ हजार ३ सय २४ मतले पछ्याईरहेका छन्। एमालेका भागवत राउतले भने २ हजार ३ सय ६१ मत पाईरहेका छन्।  

उपमेयरतर्फ काँग्रेसले ३ हजार ४२ मत पाउँदा गठबन्धन उम्मेदवार माओवादीकी गीता खड्का कार्कीले २ हजार ८ सय ५७ मतले पछ्याईरहेकी छिन्। एमालेकी महेश्वरी राईलाई २ हजार ६ सय १३ मत परिरहेको छ। अहिले वडा नं. ३ र १३ को मत गणना भईरहेको छ। जम्मा ६० हजार ४६ मत रहेको त्रियुगामा ३८ हजार ४ सय ५ खसेकोमध्ये हालसम्म १० हजार ५ सय ५४ मत गणना भईसक्दा १ हजार ५ सय १४ मत बदर भएको छ। 

प्रकाशित: १२ जेष्ठ २०७९ ०७:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App