८ वैशाख २०८१ शनिबार
राजनीति

देश ‘रुल अफ ल’बाट होइन, ‘रुल अफ कांग्रेस’बाट चलिरहेको छः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको नीतिबाट जनताले सुख नपाउने र देश ‘रुल अफ कांग्रेस’को नीतिबाट चलिरहेको बताएका छन्।  

उनले बिहीबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस र गठबन्धनको आलोचना गरेका छन्।  ओलीले कांग्रेसको नीतिबाट देश नबन्ने र जनताले सुख नपाउने ठोकुवा गरे। 

उनले सरकारले ल्याएको नीति तथा कार्यक्रममा टिप्पणी गर्दै उक्त कुरा बताएका हुन्। ‘कांग्रेसले देश र जनतालाई अध्यारो सुरुङमा हालेको छ। यसले देश बनाउन सक्दैन’, उनले भने।  

ओलीले देश ‘रुल अफ कांग्रेस’ र गठबन्धनको भेस्टेड इन्ट्रेस्ट‘बाट चलिरहेको बताएका छन्। ‘देशमा रुल अफ ल होइन, रुल अफ कांग्रेस। रुल अफ स्वच्छाचारिक, रुल अफ स्वार्थको नीतिबाट चलिरहेको छ’, उनले भने।  

ओलीले कांग्रेस र गठबन्धनलाई कानुनी व्यवस्था नलाग्ने र योग्यता पनि मान्न नपर्ने बताए।

प्रकाशित: १२ जेष्ठ २०७९ ०७:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App