coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

‘पार्टीभित्रैबाट अन्तर्घात भयो’

नेकपा एमालेले स्थानीय चुनावमा पार्टीभित्रैबाट अन्तर्घात भएको निष्कर्ष निकालेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठकमा स्थानीय निर्वाचनमा पार्टीभित्रबाटै नसोचेको अन्तर्घात भएको तर पार्टीलाई प्राप्त लोकप्रिय मत नघटेको बताएका हुन्।

सत्ता गठबन्धनको चुनौती सामना गरिरहेका बेला पार्टीभित्रैको अन्तर्घातबाट हार भएको ओलीको भनाइ थियो। ‘पार्टीभित्र अन्तर्घात भएको विषयमा कुरा उठेको तर यसमा विस्तृत छलफल भएको होइन,’ संसदीय दलको बैठकपछि एमाले सांसद भीम रावलले भने। उनका अनुसार वर्तमान सरकारले मुलुकलाई अस्थिरतातर्फ धकेलेको, राष्ट्रघाती काम गरेको, भारतसँग झुकेको र खुलमखुला महँगी बढाएकाले त्यसको प्रतिवाद गर्ने विषयमा बैठकमा छलफल भएको थियो।

तर ओलीले संसदीय दलको बैठकमा अरू दलमा नदेखिएको अन्तर्घात पार्टीभित्र देखिएको तर लोकप्रिय मत नघटेकाले हारेको भन्न नमिल्ने दाबी गरेका थिए। उनले मेयरभन्दा उपमेयर धेरै जितेको बताउँदै सत्ता गठबन्धनमा पाँचबाट बढेर सात दल पुगेको दाबी गरेका थिए।

उनले निर्वाचनको सामान्य समीक्षा गरेका थिए। ओलीले नागरिक सुरक्षा, प्रजातन्त्र तथा मानवअधिकारसम्बन्धी अमेरिकी उपमन्त्री उज्रा जेयाले नेपालस्थित तिब्बती शरणार्थी शिविरमा पुगेर शरणार्थीलाई उक्साउने काम गरेको पनि बैठकमा राखेको स्रोतले बतायो।

प्रकाशित: १२ जेष्ठ २०७९ ००:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App