coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

काठमाडौं महानगरपालिकाः बालेनको अग्रता कायमै, स्थापित २० हजार मतले पछाडि

काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले आफ्नो अग्रता कायमै राखेका छन्।

मतगणनाको प्रारम्भिक चरणदेखि नै अग्रता बढाउँदै लगेका बालेन्द्रले नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंह र एमालेका केशव स्थापितलाई पछाडि पारेका हुन्। पछिल्लो मत परिणामअनुसार बालेनले ५२ हजार २ सय ५१ मत प्राप्त गरेका छन्।

कांग्रेसकी सिंहले ३२ हजार ८ सय २२ मत ल्याएकी छन्। बालेन भन्दा सिर्जना र स्थापित झण्डै २० हजार मतले पछाडि छन्। एमालेका स्थापितले ३२ हजार ८ सय ७ मत प्राप्त गरेका छन्। उपमेयरमा भने एमालेकी सुनिता डंगोलले अग्रता कायमै राखेकी छन्।

प्रकाशित: ११ जेष्ठ २०७९ ०१:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App