८ वैशाख २०८१ शनिबार
राजनीति

ललितपुरमा दोहोरिए चिरिबाबु

ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन निर्वाचित भएका छन्। मंगलबार मतगणना सकिएसँगै उनी दोस्रो कार्यकालका लागि ललितपुर महानगरको मेयरमा विजयी भएको ललितपुरका मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले जानकारी दिए।  

उनले ४२ हजार ७ सय २२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले २४ हजार ५ सय ६० मत पाएका छन्। त्यस्तै उपमेयरमा २८ हजार ८४ मतसहित नेकपा एमालेका उम्मेदवार मञ्जली शाक्य बज्राचार्य निर्वाचित भएकी छन्।

उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका बाबुराजा बज्राचार्यले १८ हजार ७ सय ५२ मत प्राप्त गरेका छन्। ललितपुर निर्वाचन अधिकृतको कार्यालयले मतगणनाको अन्तिम परिणाम सार्वजनिक गरेलगत्तै उनीहरूले जावलाखेलमा मंगलबार विजय जुलुस गरेका थिए। अधिकृतको कार्यालयअनुसार ललितपुरमा ८६ हजार ५ सय ४० मत खसेको थियो।

यो परिणामसँगै काठमाडौं उपत्यकामा नेपाली कांग्रेसले १३, नेकपा एमालेले ५, राष्ट्रिय प्रजातन्त्र पार्टीले र नेपाल मजदुर किसान पार्टीले एक/एक स्थानीय तहमा जित हासिल गरेका छन्। २९ वडा रहेको ललितपुर महानगरअन्तर्गत वडा नम्बर १ मा निर्मल तण्डुकार, २ मा राजेन्द्रकुमार महर्जन, ३ मा श्रीगोपाल महर्जन, ४ मा सन्तोष खड्का, ५ मा विकासमान श्रेष्ठ, ६ रूपेन्द्रराज शाक्य, ७ मा कुलबहादुर महर्जन, ८ मा बाबुरत्न महर्जन, ९ मा राजु महर्जन, १० मा रबिनमान व्यञ्जनकार, ११ मा अरोजकुमार खड्गी, १२ मा नारायणलाल अवाले, १३ मा गणेश केसी, १४ मा अमृतजंग महत, १५ मा सुरेशबहादुर साही, १७ मा विनोद महर्जन, १८ मा दामोदर खड्का, १९ मा राजेन्द्र महर्जन, २० मा चन्द्रलाल महर्जन, २१ मा रवीन्द्र महर्जन, २२ मा सागर तुलाधर, २३ मा जीवन महर्जन, २४ मा दिनेशजंग पाण्डे, २५ मा दौलतकुमार खत्री, २६ मा सुरेश महर्जन, २७ मा कृष्णहरि महर्जन, २८ मा वीरेन्द्र महर्जन र वडा नम्बर २९ मा गणेशकुमार महर्जन वडाध्यक्षमा निर्वाचित भएका छन्।

प्रकाशित: ११ जेष्ठ २०७९ ००:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App