११ असार २०७९ शनिबार
राजनीति

कामपा मतगणना: बालेन्द्र साहको अग्रता कायमै

काठमाडौँ महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५१ हजार ५३० मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन्। जारी मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले ३१ हजार ६४८ मत प्राप्त गरेका छन्।

यसैगरी नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले ३१ हजार ५७ मत ल्याएका छन् भने उपप्रमुखमा सोही पार्टीका उम्मेदवार सुनिता डङ्गालले ५६ हजार २६८ मत ल्याएर अग्रस्थानमा छन्। उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले १९ हजार १५३ मत पाएका छन्।

वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, २१, २२, २३, २४, २५, २६, २७, २८, २९ ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ। प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा मतगणना भइरहेको छ। अहिले वडा नं १३, १४, १५, १६, १७, १८, १९ र २० को मतगणना कार्य जारी छ। कामपामा हालसम्म एक लाख ५३ हजार ४०४ मतगणना भएको छ।

प्रकाशित: १० जेष्ठ २०७९ २०:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App