६ वैशाख २०८१ बिहीबार
राजनीति

कांग्रेसले ३० वर्षपछि कोहलपुरमा स्थापित गरायो विरासत

कुल १५ वटा वडामा पनि कांग्रेसको बहुमत

निर्वाचित भएपछि विजयी र्‍यालीमा सहभागी नगर प्रमुख र उपप्रमुख लगायत। तस्बिरः अर्जुन/नागरिक

कोहलपुर नगरपालिकामा नेपाली कांग्रेसका पूर्णप्रसाद आचार्य र संगिता सुवेदी निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका खिलप्रसाद भुसाललाई १९२९ मतको अन्तरले पराजित गर्दै उनी आचार्य निर्वाचित भएका हुन्। नवनिर्वाचित नगर प्रमुख आचार्यले १४१३४ मत प्राप्त गरेको निर्वाचन अधिकृत तिर्थराज भट्टले जानकारी दिए।  

एमालेका भुसालले १२२०५ मत ल्याए। नगर प्रमुख पदमै गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का नरेन्द्र न्यौपानेले ९७२५ मत प्राप्त गरे। २०७४ को स्थानीय निर्वाचनमा नगर प्रमुख पदमा एमाले र उपप्रमुखमा कांग्रेसले जितेको थियो। यसपटक एमालेले दुबै पद गुमाएको छ। कांग्रेसले करिव ३० वर्षपछि कोहलपुरमा आफ्नो विरासत कायम गर्न सफल भएको छ। यसअघि तत्कालीन कोहलपुर गाविस हुँदा समेत कांग्रेसले हार्ने गरेको थियो।  

यसैगरी नगर उपप्रमुखमा निर्वाचित सुवेदीले १४०७३ मत प्राप्त गरिन्। नेकपा एमालेकी अस्मिता थारुलाई ५५६ मतको अन्तरले पराजित गरेकी हुन्। अस्मिताले १३५१७ मत प्राप्त गरिन्। यस्तै गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) की नारायणी ओली तेस्रो भईन्। उनले ५०४२ प्राप्त गरेको निर्वाचन अधिकृत भट्टले बताए।  

कुल १५ वटा वडा रहेको कोहलपुरमा यसपटक कांग्रेसले वडामा पनि बहुमत ल्याएको छ। कोहलपुुर नगरपालिका वडा नम्बर १ मा नेकपा (माओवादी केन्द्र)का बद्रीप्रसाद जैसी, वडा नम्बर २ मा कांग्रेसका हरि कठायत, वडा नम्बर ३ मा नेकपा एमालेका माधव रिजाल, वडा नम्बर ४ मा कांग्रेसका मुबारक अलि गुजर, वडा नम्बर ५ मा एमालेका दिपेन्द्र श्रेष्ठ निर्वाचित भएका छन्।  

यस्तै वडा नम्बर ६ मा कांग्रेसका श्रीकृष्ण थारु, वडा नम्बर ७ मा एमालेका ठग्गा थारु, वडा नम्बर ८ मा कांग्रेसका लालबहादुर राना, वडा नम्बर ९ मा नेकपा माओवादी केन्द्रका ओपेन्द्रनाथ योगी, वडा नम्बर १० मा कांग्रेसकी गौराकुमारी अधिकारी(भट्टराई) निर्वाचित भइन्।

यसैगरी वडा नम्बर ११ मा एमालेकी कल्पना शर्मा, वडा नम्बर १२ मा कांग्रेसका विरेन्द्रकुमार शाह, वडा नम्बर १३ मा डम्बरबहादुर खड्का, वडा नम्बर १४ मा कांग्रेसका नमबहादुर आले र वडा नम्बर १५ मा पनि कांग्रेसकै दिपेन्द्रकुमार चौधरी निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित: ८ जेष्ठ २०७९ १५:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App