coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पुनः दीलिप अग्रवाल रंगेलीको मेयरमा निर्वाचित

मोरङको रंगेली नगरपालिकाको मेयरमा नेकपा एमालेका दीलिपकुमार अग्रवाल पुनः निर्वाचित भएका छन्।

नेपाली काँग्रेसका मोदराज घिमिरेलाई ३ हजार ८ सय मतान्तरले पराजित गर्दै अग्रवाल पुनः निर्वाचित भएका हुन्। अग्रवालले १२ हजार ८ सय ६१ मत प्राप्त गरेका थिए भने घिमिरेले ९ हजार ६१ मत प्राप्त गरे।

उपमेयरमा एमालेकी भूमाकुमारी पराजुली निर्वाचित भएकी छिन्। उनले ११ हजार ७ सय ९० मत ल्याएकी छिन्। उनका निकटतम् प्रतिद्वन्द्वी जसपाका पन्नालाल मण्डलले ५ हजार १ सय ७५ मत ल्याए।  

९ वटा वडा रहेको रंगेली नगरपालिकाको वडा नम्बर ६ को एक सदस्य पद बाहेक अन्य सबै पद एमालेले जित हासिल गरेको छ।  

अग्रवाल ०७४ को निर्वाचनमा नेकपा माओवादीबाट मेयरमा निर्वाचित भएका थिए। त्यस समयमा समेत अग्रवालले काँग्रेसका घिमिरेलाई पराजित गरेका थिए।

प्रकाशित: ८ जेष्ठ २०७९ १४:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App