७ वैशाख २०८१ शुक्रबार
राजनीति

पोखरा महानगरपालिकाः आचार्यको अग्रता कायमै

पोखरा महानगरपालिकाको मेयर पदको प्रतिस्पर्धामा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य अग्र स्थानमै छन्। उनले आफ्ना प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णबहादुर थापालाई बिस्तारै पछि पार्दै छन्।  

हालसम्मकमे मतगणनाको मतपरिणाम अनुसार आचार्यले ४५ हजार २७ मत प्राप्त गरेका छन् भने थापाले ४१ हजार ५ सय ९० मत प्राप्त गरेका छन्।  

यी दुई उम्मेदवारबीच सुरुदेखि नै त्यति धेरै मतको अन्तर देखिदैन। त्यसो त धनराजले नै सुरुदेखिनै अग्रता लिइरहेका हुन्।  

तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का शंकर खनाल छन्। उनले अहिलेसम्म ४ हजार ८ सय ५६ मत मात्र प्राप्त गरेका छन्। यसैगरी चौथौ स्थानमा स्वतन्त्र उम्मेदवार खडकराज पौडेलले २७ सय ११ मत प्राप्त गरेका छन्।

यसैगरी उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ्गले ४५ हजार ६४९ मत प्राप्त गरेकी छिन्। भने, उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी कोपिला रानाभाटले ४३ हजार ६५४ मत पाएकी छिन्। यस्तै, राप्रपाकी रञ्जनाकुमारी सेन पौडेलले ४ हजार ८ सय २ मत प्राप्त गरेकी छिन्।

प्रकाशित: ८ जेष्ठ २०७९ १४:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App