८ वैशाख २०८१ शनिबार
राजनीति

भरतपुरमा १ लाख बढी मत गनेर सकियो, रेनुको अग्रता ८ हजार ८८२ पुग्यो

चितवनको भरतपुर महानगरपालिकामा एक लाखभन्दा बढी मत गनेर सकिएको छ। ९ दिनको अवधिमा १ लाख ५५४ मत गणना गरिएको हो। भरतपुमा १ लाख २७ हजार ८३९ मत खसेको थियो।  

अहिलेको अवस्थामा भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेनु दाहालले अग्रता निरन्तर बढाउँदै लागेकी छिन्। उनले ८ हजार ८८२ को मतान्तर बनाएकी छिन्। ताजा अवस्थामा सत्ता साझेदर गठबन्धनकी उम्मेदवार दाहालले ३९ हजार ८०८ मत प्राप्त गरेकी छन्। दाहाललाई पछ्याउँदै एमालेका उम्मेदवार विजय सुवेदीले ३० हजार ९२६ मत ल्याएका छन्। सुवेदीले एमालेले जितेका वाडमा समेत राम्रो मत ल्याउन सकेका छैनन्। त्यस्तै स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका नेता जगन्नाथ पौडेलले १२ हजार ९०५ मत प्राप्त गरेका छन्।  

त्यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी निरन्तर अगाडि बढेका छन्। ४२ हजार ७४ मत प्राप्त गरेका छन्। अधिकारीलाई पछ्याउँदै राप्रपाकी हिमला गुरुङले २४ हजार ४२८ मत ल्याएकी छन्।

२९ वडा रहेको भरतपुरमा २० वटा वडा गनेर सकिएको छ। अहिले २१ र २२ नम्बर वडाको मतगणना जारी छ। अधिकारीको वडा समेत रहेको २१ मा नेपाली कांग्रेस अगाडि छ। २२ नम्बर वडामा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार अघि छन्।

प्रकाशित: ८ जेष्ठ २०७९ १४:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App