रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली काँग्रेसले अग्रता कायम राखेको छ। ३१ हजार ७०१ मत गणना हुँदा नेपाली काँग्रेसका रामकृष्ण खाणले १२ हजार ३१५ मतसहित अग्रता कायम राखेका हुन्।
एमालेका मोहन चापागाईंले ११ हजार ९०९ मत पाएका छन्। आइतबार साझ ७ बजेसम्मको गणनामा काँग्रेसका खाणले ४०६ मतले अग्रता लिएका छन्। उपमेयरमा एमालेका जागेश्वरी चौधरीले ११ हजार ५८२ मतसहित अगाडि छन्।
गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका हेमन्त पाण्डेले ५ हजार ८९५ मत पाएका छन्। मत गणना जारी छ।
प्रकाशित: ८ जेष्ठ २०७९ १९:५८ आइतबार