१६ चैत्र २०८० शुक्रबार
राजनीति

मकवानपुरमा पनि खस्कियो एमाले, सत्तारुढ गठबन्धनबाट कांग्रेस धेरै पालिकामा

दश वटा पालिका रहेको मकवानपुरमा सत्तारुढ गठबन्धनले ८ वटा पालिका प्रमुख पदमा जित हात पारेको छ भने नेकपा एमालेले भने २ वटा चित्त् बुझाउनु परेको छ।  

जिल्लाको अन्तिम नतिजा अनुसार एक मात्र उपमहानगर हेटौंडामा सत्तारुढ गठबन्धनको तर्फबाट मेयरमा नेकपा एकिकृत समाजवादी पार्टीकी मीनाकुमारी लामा विजयी भएकी छन् भने उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँ विजयी भए।  

यो निर्वाचनमा लामा उपमहानगरको मेयरमा निर्वाचित हुने पहिलो महिला भएकी छिन्।  लामाले २३ हजार ७५ मत प्राप्त गर्दा उनका निकट्तम प्रतिस्पर्धी नेकपा एमालेका अनन्तप्रसाद पौडेलले २० हजार ९ सय ८ मत ल्याएका थिए भने  राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका दिपकबहादुर सिंहले २० हजार ५ सय ३१ मत ल्याएका थिए।  

यस्तै उपमेयरमा विजयी भएका राजेश बानीयाले ३२ हजार ५ सय ९३ मत प्राप्त गरेका छन् भने  बानिँयाका निकट्तम प्रतिस्पर्धी एमालेकी सुमित्रा काफ्लेले २३ हजार ९ सय ६ मत ल्याएकी थिइन्। तेश्रो स्थानमा राप्रपाकी इन्दीरा न्यौपानेले ५ हजार ४ सय ८६ मत ल्याएकी थिईन्।  

यस्तै जिल्लाको एकमात्र नगरपालिका, थाहा नगरपालिकामा पनि गठबन्धनकै उम्मेदवार मेयरमा विजयी भए। नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका विष्णु विष्ट ९ हजार ७ सय १९ मतसहित विजयी भएका हुन् भने उपमेयरमा कांग्रेसका भरत गोपाली ८ हजार ६ सय ७ मतसहित विजयी भएका हुन्।

त्यसैगरी मनहरी गाउँपालिकामा पनि अध्यक्ष र उपाध्यक्ष दुवै पदमा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन्। गाउँपालिका अध्यक्ष पदमा कांग्रेसका रन्जन कालाखेती ९ हजार ३ सय ६६ मत र उपाध्यक्ष पदमा माओवादी केन्द्रकी सिता पुलामी मगर ६ हजार ४ सय ७० मत प्राप्त गरी विजयी भएका हुन्।

यस्तै बकैया गाउँपालिका अध्यक्षमा कांग्रेसका धर्मराज लामिछाने ११ हजार २ सय ९२ मत पाएर विजयी हुँदा उपाध्यक्षमा माओवादी केन्द्रका भक्त बहादुर खत्री ९ हजार ५ सय २२ मत पाएर विजयी भएका छन्।  

त्यस्तै मकवानपुरगढी गाउँपालिका अध्यक्षमा कांग्रेसका दोर्जे लामा स्याङ्तान ६ हजार ७ सय ६ मत सहित विजयी हुँदा उपाध्यक्षमा माओवादी केन्द्रकी मान कुमारी पाख्रिन ६ हजार १ सय १० मतले विजयी भएका हुन्।

यस्तै कैलाश गाउँपालिका अध्यक्षमा कांग्रेसका लोक बहादुर मुक्तान ४हजार ८ सय ९७ मत पाएर विजयी हुँदा उपाध्यक्षमा माओवादी केन्द्रका बालकुमार मल्ल ४ हजार ८८ मत पाएर विजयी भएका हुन्।  

राक्सिराङ गाउँपालिका अध्यक्षमा कांग्रेसका राजकुमार मल्ल ५४८१ विजयी हुँदा उपाध्यक्षमा माओवादी केन्द्रकी बनस्थम थिङ ४ हजार ८ सय ३९ मत पाएर विजयी भएका हुन्।

त्यसैगरी इन्द्रसरोवर गाउँपालिका अध्यक्षमा नेकपा एमालेका देव कृष्ण पुडासैनी ३ हजार ७ सय २२ मत पाएर विजयी हुँदा उपाध्यक्षमा उमा कुमारी लामा ३ हजार ७ सय २५ मित प्राप्त गरी वजयी भएका हुन्।  

भीमफेदी गाउँपालिकामा भने अध्यक्ष पदमा एमालेका हिदम लामा ५ हजार ५ सय ९१ मत पाएर विजयी हुँदा उपाध्यक्षमा कांग्रेसका सञ्जिव श्रेष्ठ ५ हजार ३ सय १५ पाएर विजयी भएका हुन्।

प्रकाशित: ८ जेष्ठ २०७९ ०८:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App