७ वैशाख २०८१ शुक्रबार
राजनीति

परराष्ट्रमन्त्री खड्कासंग अमेरिकी उपविदेशमन्त्रीको भेट

परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग संयुक्त राज्य अमेरिकाका उपविदेशमन्त्री जिया नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेटवार्ता गरेको छ।

परराष्ट्र मन्त्रालयमा भएको सो भेटमा उनीहरुबीच द्विपक्षीय/बहुपक्षीय मञ्चहरूमा मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध र सहयोग सम्बन्धी विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

तिब्बत मामिलाका लागि अमेरिकी विशेष संयोजकसमेत रहेका उनी तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार यहाँ आइपुगेका हुन्।

यो वर्ष नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वर्ष चलिरहेको छ। यस अवसरमा नेपाल भ्रमणका लागि अमेरिकाबाट उच्च अधिकारीहरु आइरहेका छन्।

प्रकाशित: ८ जेष्ठ २०७९ ०६:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App