coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पार्टी भन्दामाथि उठेर काम गर्छुः नवनिर्वाचित मेयर

विगतमा जनप्रतिनिधिले अल्पमत बहुमतको खेलमा लाग्दा नगरबासीले धेरै दुःख पाएको हो अब निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरु समग्र नगरपालिको विकासमा लाग्ने धनुषाको हंसपुर नगरपालिकाको नवनिर्वाचित मेयर प्रदिप यादवले बताएका छन्।

शनिबार निर्वाचन अधिकृत कर्णबहादुर रायले आयोजना गरेको प्रमाणपत्र वितरण कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएको हुन्। 'यसअघिको निर्वाचनदेखि अहिलेसम्म विभिन्न किसिमका आरोह अवरोह आएको हो। त्यसलाई केलाउन थालियो भने हामी पछिपरिन्छौं। यसपालिको निर्वाचनद्वारा जनताले हामीलाई काम गर्न पठाइएको छ। उनले भने, 'निर्वाचित जनप्रतिनिधहरुलाई विभिन्न पार्टीले उम्मेदवार मात्रै बनाइएको हो। हामीलाई मत दिने एउटै मतदाता हुन् हंसपुर नगरबासी। त्यसैले अब पार्टी भन्दा माथि उठेर नगरबासीको लागि काम गर्नुछ।'

नवनिर्वाचित मेयरले निर्वाचन गराउन आएका निर्वाचन अधिकृत कर्णबहादुर राय लगायत निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुलाई धन्यवाद दिदैं नवनिर्वाचित जनप्रतिनिधिहरुसँग एक ढिक्का भएर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको थियो।

हंसपुर नगरपालिकामा ९ वटा वडा रहेको छ। जसमा नेपाली कांग्रेस ३, (जसपा) १, (लोसपा) २, एकीकृत समाजवादी १, एमाले र माओवादी केन्द्रले १(१ वडामा निर्वाचित भएको छ। यसअघिको निर्वाचनमा तत्कालीन राजपाको उम्मेदवार राम ज्ञान मंण्डल नगर प्रमुखमा निर्वाचित भएको थियो। भने नवनिर्वाचित मेयर यादव ९१ मतले पराजित भएका थिए।

प्रकाशित: ८ जेष्ठ २०७९ ०३:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App