७ वैशाख २०८१ शुक्रबार
राजनीति

कार्यकालभरी ‘तलब भत्ता’ लिदैनौं: नवनिर्वाचित जनप्रतिनिधि

तलब भत्ता नलिने घोषणा गरेका छेडागाड नगरपालिका नवनिर्वाचित नगर प्रमुख रत्नबहादुर खड्का र नौमुले गाउँपालिकाका अध्यक्ष छविराम सुवेदी।

जाजरकोटस्थित छेडागाड नगरपालिका नवनिर्वाचित नगर प्रमुख रत्नबहादुर खड्काले आफूले नगर प्रमुखका रुपमा पाउने सेवा सुविधा (तलब भत्ता) सामाजिक कार्यमा खर्च गरिने बताएका छन्।

उनले आफूले नगरपालिकाबाट पाउने तलब भत्ताबाट कोष स्थापना गरी गरिब, अनार्थ पिछडिएका र द्वन्द्वपीडित बालबालिकाहरुलाई सहयोग गर्ने उद्घोष गरेका छन्। ‘म नगर प्रमुख भए वापत पाउने सेवा सुविधा लिदैन्।’ नगर प्रमुख खड्काले भने, कोष बनाएर गरिब तथा विपन्न बालबालिकाहरुलाई खर्च गर्छु।’ खड्का नेपाली कांग्रेसबाट विजयी भएका हुन्।

नौमुले गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष छविराम सुवेदीले पालिका अध्यक्ष वापत पाउने सेवासुविधा (तलब भत्ता) वापतको रकम नलिने घोषणा गरेका छन्। सुवेदीले पदभार समालेसंगै तलब भत्ता नलिने घोषणा गरेका हुन्। आफूले पाउने तलब भत्ताबाट कोष स्थापना गरेर गरिब, पिछडिएका र द्वन्द्वपीडित विद्यार्थीहरुलाई सहयोग गर्ने बताए।

बौद्धिक नेताको रुपमा छवी बनाएका सुवेदी जनतामाँझ लोकप्रिय मानिन्छन्। उनी एमविविएस (डाक्टर) पढ्दापढ्दै भूमिगत भएका थिए। सुवेदी नेकपा माओवादी केन्द्रबाट विजयी हुन्। त्यस्तै २०७४ मा वीरेन्द्रनगर नगरपालिकाबाट निर्वाचित देव कुमार सुवेदीले पनि आफ्नो अन्तिम कार्यकालमा नगरपालिकाबाट पाएको सेवासुविधा अक्षयकोष खडा गरेर १३ लाख ५० हजार रुपैयाँ जम्मा गरेका थिए।

‘आफूले पाएको सबै सेवा सुविधा अक्षयकोष स्थापना गरेर जम्मा गरेको छु।’ वीरेन्द्रनगरका पूर्व नगर प्रमुख सुवेदीले भने, अक्षयकोषमा जम्मा भएको रकमको ब्याजबाट सामाजिक सेवा लगायतका कामहरुमा खर्च हुनेछ।’ अक्षयकोषले अति विपन्न, महिला र बालबालिका तथा विद्यार्थीहरुको प्रोत्साहनका कार्यक्रममा आर्थिक सहयोग, सामाजिक सेवा, पर्यावरण संरक्षण लगायतका कार्यमा सहयोग र पैरवी गर्ने कार्ययोजना रहेको छ।

प्रकाशित: ७ जेष्ठ २०७९ ११:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App