८ वैशाख २०८१ शनिबार
राजनीति

गर्भवती तथा प्रसूति महिलालाई निःशुल्क यातायात सुविधा दिने जनप्रतिनिधिको निर्णय

दुल्लु नगरपालिकाका नगर प्रमुख भरतप्रसाद रिजाल नगर प्रमुखको कार्यभार सम्हाले लगत्तै पहिलो निर्णय गर्दै।

दुल्लुनगर पालिकामा नवनिर्वाचित नगर प्रमुख भरतप्रसाद रिजालले पहिलो निर्णय गर्भवती तथा प्रसूति महिलाहरुलाई यातायात सुविधा निःशुल्क दिने निर्णय गरेका छन्। नगरपालिकाको कार्यभार सम्हाल्दै नगर प्रमुख रिजालले पहिलो निर्णय नगरभित्रका गर्भवती तथा प्रसूतिहरुका लागि निःशुल्क यातायात दिने निर्णय गरेका हुन्।

गर्भवती, प्रसूति र नवजात शिशुको अकालमा ज्यान जान सक्ने विद्यमान अवस्थाका कारण सुरक्षित प्रसूति सेवा प्रदानका लागि दुल्लु अस्पतालबाट जिल्ला अस्तपाल दैलेख र प्रदेश अस्पताल सुर्खेत लगायत जिल्लाबाहिर अन्य अस्पतालसम्म गर्भवती तथा प्रसूति महिलालाई लैजानका लागि दुल्लु नगरपालिकाको सिफारिसमा एम्बुलेन्स प्रयोग गरी निःशुल्क लैजानका लागि पहिलो निर्णय गरेको नगर प्रमुख भरतप्रसाद रिजालले बताए।

ग्रामिण बस्तीमा कतिपय समुदायमा आर्थिक अभावका कारण बाहिर उपचारका लागि लैजान सक्ने अवस्था नभएको दुल्लु नगरपालिकाले जनहितकारी निर्णय गरेको स्थानीयहरु बताउँछन्। जनताहरुले स्थानीय सरकारको अनुभुति हुने खालका कामहरु गरिने नगर प्रमुख रिजालले बताए। महिलाहरु गर्भ जाँच तथा सुत्केरी हुन अस्पताल कम आउने चलन भएको बेला निःशुल्क यातायातको व्यवस्थाले दुल्लुमा सुरक्षित मातृत्वको लागि ठूलो भूमिका खेलेको छ।

दुल्लु नगरपालिकाले गर्भवती तथा प्रसूति महिलाहरुका लागि निःशुल्क यातायातबारे निर्णय।

प्रकाशित: ७ जेष्ठ २०७९ ०९:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App