coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भरतपुर महानगरपालिका: ३ हजार बढी मतले रेणु अग्रस्थानमा

भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेणु दाहालले अग्रता कायमै राखेकी छन्। भरतपुर महानगरपालिकाको ५९ हजार ७२५ मत गणना हुँदा दाहालले ३ हजार २०५ मतले अग्रता बनाएकी हुन्।  

१०, ११ र १२ मा एमालेले राम्रो मत ल्याउने अपेक्षा गरेपनि सोचेअनुसार ल्याउन सकेन। ताजा अवस्थामा सत्ता साझेदर गठबन्धनकी उम्मेदवार दाहालले २२ हजार ५९८ मत प्राप्त गरेकी छन्। दाहाललाई पछ्याउँदै एमालेका उम्मेदवार विजय सुवेदीले १९ हजार ३९३ मत ल्याए। त्यस्तै स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका नेता जगन्नाथ पौडेलले ८ हजार ३७९ मत प्राप्त गरेका छन्।

त्यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी निरन्तर अगाडि बढेका छन्। उनले २४ हजार ८५४ मत प्राप्त गरेकी छन्। अधिकारीलाई पछ्याउँदै राप्रपाकी हिमला गुरुङले १५ हजार ३०१ मत ल्याएकी छन्।

यसअघि समपन्न ११ र १२को वडाध्यक्ष नेकपाएमालेले जितेको छ। वडा नम्बर ११मा माओवादीका युवराज पौडेललाई पराजित गर्दै एमालेका कमल मल्ल विजयी भएका हुन्। त्यस्तै वडा नम्बर १२मा एमालेका  लेखराज पन्त हरि विजयी भएका छन्।  

उनले निकटतम प्रतिद्धन्दी नेकपा (एकीकृत समाजवादी)का नरेन्द्र कंदङ्वा रहेका थिए। कंदङ्वा यसअघि भरतपुर १२को वडाध्यक्ष समेत थिए। सो वडामा राप्रपाको एक सदस्यसहित एमालेको प्यानलै निर्वाचित भएको हो। यससगै नेकपा एमालेले तीन वटा वडाध्यक्ष जितेको छ। नेपाली कांग्रेसले सबैभन्दा धेरै ७ वटा वडाध्यक्ष जित्दा एकीकृत समाजवादीले २ वटा वडाध्यक्ष जित्न सफल भएको छ।

वडा नम्बर १३ र १४को मतगणना जारी छ। वडा नम्बर १३को एक सय मतगणना हुँदा वडाध्यक्षमा माओवादीले ६२ र एमालेले २५ मत प्राप्त गरेको छ। त्यस्तै वडा नम्बर १४को एक सय मत गणना हुँदा वडाध्यक्षमा नेपाली कांग्रेसले ४४ र एमालेले ३४ मत पाएको छ।

प्रकाशित: ६ जेष्ठ २०७९ १२:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App