coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नेपालगन्जमा कांग्रेसका विष्ट ९ हजार ६ सय ४७ मतान्तरले जित नजिक

नेपालगन्ज उपमहानगरपालिकामा नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्ट र उपप्रमुख पदका उम्मेदवार कमरुद्धिन राईले भारी मतले अग्रता लिएका छन्। दुवै उम्मेदवार जित नजिक पुगेका छन्। नगर प्रमुखमा विष्टले १९ हजार ७ सय ८४ मत प्राप्त गरेका छन्। 

यस्तै नेकपा एमालेका पशुपति दयाल मिश्रले १० हजार १ सय ३७ मत प्राप्त गरेका छन्। विष्ट र मिश्रबीच ९ हजार ६ सय ४७ मतको अन्तर रहेको छ।  

राप्रपाका नन्दलाल बैश्यले ६ हजार ६ सय ५५ मत प्राप्त गरेका छन्। यस्तै उपप्रमुखमा जनता समाजवादी पार्टी(जसपा) का कमरुद्धिन राईले १४ हजार ७ सय ९५ मत प्राप्त गरेर अग्रता लिइरहेका छन्। यस्तै नेकपा एमालेकी शान्ति ढकालले ९ हजार ५ सय ९२ मत प्राप्त गरेकी छन्।

यसैगरी राप्रपाकी विन्दु चर्तीमगरले ८ हजार ८ सय ९१ मत प्राप्त गरेकी छन्। अहिलेसम्म नेपालगन्जको वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १६, १७, १८, १९, २०, २१, २२, २३ को गणना सम्पन्न भइसकेको छ। नेपालगन्ज उपमहानगरपालिकामा कुल २३ वटा वडा रहेका छन्।

प्रकाशित: ५ जेष्ठ २०७९ १४:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App