१६ चैत्र २०८० शुक्रबार
राजनीति

गठबन्धनले एमालेलाई राहत, माओवादीलाई घात

कांग्रेसबाट फुत्कियो सुनकोसी, अध्यक्षमा एमालेका टपिन्द्र

सुनकोसी गाउँपालिका कांग्रेसले गुमाएको छ। कांग्रेस उम्मेदवारलाई ४१ मतको झिनो अन्तरले हराउँदै पालिका अध्यक्षमा एमालेले बाजी मारेको छ। उपाध्यक्षमा भने कांग्रेसकी उम्मेदवार कान्छी लामा निर्वाचित भएकी छिन्।

एमाले उम्मेदवार टपिन्द्रप्रसाद तिमिल्सिना ५ हजार ९ सय ३२ मत ल्याएर अध्यक्षमा विजयी भए। उनले निवर्तमान पालिका अध्यक्ष कांग्रेसका श्रवणकुमार जिसीलाई हराए। जिसीले ५ हजार ९ सय ३२ मत ल्याए। अघिल्लो पटक एमाले उम्मेदवार शिव न्यौपानेलाई पराजित गर्दै जिसी अध्यक्ष चुनिएका थिए।

एमालेसँग गठबन्धन नगर्ने केन्द्रीय नीति विपरीत यहाँ एमाले–माओवादी गठबन्धन बनेको थियो। गठबन्धले एमालेलाई प्रत्यक्ष फाइदा दिए पनि माओवादीलाई कुनै लाभ मिलेन। गठबन्धनबाट उपाध्यक्ष उम्मेदवार बनेकी माओवादीकी दुर्गा थापा ९ सयभन्दा बढी मतान्तरले पराजित भइन्।

यस्तै उपाध्यक्षमा कांग्रेस उम्मेदवार कान्छी लामाले ५ हजार ९ सय ५ मतप्राप्त गरिन् भने थापाले ४ हजार ९ सय ७४ मत मात्र ल्याइन्। गठबन्धन गरे पनि यहाँ थापाले एमालेबाट सबै भोट पाउन सकिनन्। एमालेबाट पार्टीलाई धोका भएको स्थानीय माओवादी नेताको आरोप छ।

प्रकाशित: ५ जेष्ठ २०७९ १०:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App