७ वैशाख २०८१ शुक्रबार
राजनीति

सूर्यविनायकका पराजित ढुंगेलले दिए विजयी थापालाई बधाइ

नेपाली कांग्रेस सूर्यविनायक नगर समिति भक्तपुरका सभापति एवं सूर्यविनायक नगरपालिका प्रमुख पदका प्रत्यासी निशान ढुंगेलले लोकतान्त्रिक पद्धति, अभ्यासको सम्मान गर्दे नगरप्रमुख पदमा विजयी नेकपा एमालेका बासुदेव थापालाई बधाइ दिएका छन्।

बुधबार अबेर राति सूर्यविनायक नगरपालिकाको अन्तिम मत परिणाम भएको हो। घोषणामा थापाबाट थोरै मतले पराजित भएका ढुंगेलले बिहीबार बिहान वडा नं १० चित्तपोलस्थित थापा निवासमा पुगेर बधाइ ज्ञापन गरेका हुन्।

समृद्ध र शुशासित नगर बनाउने काममा कांग्रेसको साथ र समर्थन रहने प्रतिबद्धता व्यक्त गर्दे ढुंगेलले थापाको सफल कार्यकालको कामना गरेका छन्। यसैबीच ढुंगेलले नेपाली कांग्रेसका उम्मेदवारहरुलाई आफ्नो अमूल्य मत दिने आम मतदाता प्रति आभार व्यक्त गरेका छन्।

ढुंगेलले भनेका छन्, 'तपाईंहरुले विश्वासका दिनुभएको मतलाई ऋणको रुपमा ग्रहण गर्दै निरन्तर त्यो ऋण तिर्ने प्रयत्नमा रहने छु।’ सूर्यविनायक नगरपालिकाको निर्वाचनमा ढुंगेल र थापा आपसमा प्रतिस्पर्धी थिए। पछिल्लो मत परिणाममा ढुंगेले १३ हजार २ सय ३२ मत प्राप्त गरेका छन् भने थापाले १४ हजार ७ सय ५८ मत प्राप्त गरेका छन्।

नगरका १० वडा मध्ये ५ वटा वडामा नेपाली कांग्रेसका वडा अध्यक्ष निर्वाचित भएका छन् भने एमालेका पनि ५ वटा वडामा वडा अध्यक्ष निर्वाचित भएका छन्। नगरका २,३,४, ६, र ९ वडामा  काग्रेसका वडा अध्यक्ष चुनिएका छन्। वडा १, ५, ७, ८, १० मा एमालेका वडा वडा अध्यक्ष चुनिएका छन्।

प्रकाशित: ५ जेष्ठ २०७९ १०:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App