coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

जनकपुरमा एमाले भन्दा स्वतन्त्र उम्मेदवार दोब्बर मतले अगाडि

पच्चीस वटा वडा रहेको जनकपुरधाम उपमहानगरपालिकामा १ देखि ६ नम्बर वाडासम्मको मतगनणा सम्पन भएर नतिजा सर्वजानिक भैइसकेको छ। चार वटा वडा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।

तमलोपा र एमालले एक/एक वडामा निर्वाचित भएको हो। ७ नम्बरको मतगनणा जारी छ। परिणाम आइसकेको छैन। १ देखि ६ नम्बर वडाको मतगनणा सम्पन हुँदा नगर प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका मनोज साहले अग्रता कायमै राखेका छन्। उनले एमालेको उम्मेदवार शिवशंकर साह हिरा भन्दा झण्डै दोब्बर मतान्तर ल्याएर अगाडि रहेका छन्।

स्वतन्त्र उम्मेदवार मनोजकुमार साह (घण्टाघर) ३९५६, नेकपा एमाले शिवशंकर साह हिरा (सुर्य) २०८६, स्वतन्त्र बलराम महतो (आँप) १११३, लोसपा मनोज चौघरी (साइकल) ११२६, जसपाको तर्फबाट गठबन्धनको लालकिशोर साह ( छाता) ८७६, स्वतन्त्र जानकीराम साह (लालटेन) ४९३, तमलोपा विभा कुमारी (कलस) ४०५, जनमत अनिता देवी (हरण) २६४,

उपप्रमुख

कांग्रेस किशारी साह (रुख) ३९६२, एमाले रुणा देवी झा (सुर्य) २२२५, स्वतन्त्र निर्मल कुमार चौधरी (आँप) १४२५, लोसपा रिता कुमारी मिश्र (साइकल) १०६४, जनमत संतोष कुमार साह (हरण) ३४९, तमलोपा इश्वर पंडित कुम्हार (कलस) ३४२,

प्रकाशित: ४ जेष्ठ २०७९ ०७:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App