coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राप्रपाले भक्तपुरमा खाता खोल्यो

भक्तपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले खाता खोलेको छ। चाँगुनारायण नगरपालिका वडा नं ६ नगरकोटमा राप्रपाले वडाध्यक्ष जितेको छ। सो वडाबाट राप्रपाका धनबहादुर लामा वडाध्यक्षमा विजयी भएका छन्।

अन्य सबै सदस्य पनि राप्रपाले जितेको छ। लामाले एक हजार चार सय ११ मत ल्याए। उनका निकटतम प्रतिस्पर्धी एमालेका उमेदवार बिष्णु लामाले एक हजार दुई सय तीन मत ल्याए। सो वडामा २०७४ को निर्वाचनमा राप्रपाबाट लामा नै उम्मेदबार थिए तर उनलाई एमालेका सन्तबहादुर वाइवाले हराएका थिए।

सो वडामा नेपाली कांग्रेसले पनि राप्रपालाई सहयोग गरेको थियो। सदस्यमा निर्वाचित हुनेमा वीरमान तामाङ र आरती लामालगायतका छन्। जिल्लामा भक्तपुर, मध्यपुर थिमि, चाँंगुनारायण र सूर्यविनायक गरी चार वटा वडा छन्। ती चारवटै वडामा गरी ३८ वटा वडाहरु छन्। २०७४ सालको निर्वाचनमा राप्रपाले एउटा पनि वडामा वडाअध्यक्ष जित्न सफल भएको थिएन।

प्रकाशित: ३ जेष्ठ २०७९ ०६:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App