८ वैशाख २०८१ शनिबार
राजनीति

व्यक्तिवादी भएर होइन समाजवादी भएर काम गर्छु

वडाअध्यक्षमा निर्वाचित भद्रा माझी ।

कम्युनिष्टकाे किल्ला भत्काउदै सिन्धुलीको दुधौली ३ मा नेपाली काँग्रेसकी एक महिला वडा अध्यक्षमा चुनिएकी छिन्।

सिन्धुलीमा एकमात्र महिला वडाअध्यक्ष उनी निर्वाचित भएकी हुन्। सिन्धुलीको दुधौली नगरपालिका ३ बाट नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्ष उम्मेदवार बनेकी भद्रा माझी वडाअध्यक्षमा सानदार मत सहित विजयी भएकी छिन्।

उनले ८ सय ६ मतका साथ विजयी भएकी थिइन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका किशुनलाल कुमरले ५ सय ५७ मत प्राप्त गरेका थिए। निर्वाचित माझीले २ सय ५० मतको फराकिलो अन्र्तरले पुरै प्यानल सहित वडा अध्यक्षमा निर्वाचित बनेकी हुन्। 

वडा अध्यक्षमा निर्वाचित भएपछि ३० औँ बर्षदेखिको कम्युनिष्ठको किल्ला अब भत्किएको बताइन । कम्युनिष्ठले लामो समयदेखि शासन गर्दै आएको क्षेत्रमा सबैको साथ र सहयोगले काँग्रेसले विजयी प्राप्त गरेको छ, उनले भनिन् म जनताको न्याय र हक अधिकार स्वतन्त्रता कायम गर्नका लागि अध्यक्ष भएकी हुँ।  

म व्यक्तिबादी भएर होइन समाजवादी भएर काम गर्छु, उनले भनिन्, म उम्मेदवार बन्दै गर्दा कुनै पार्टीको चुनाव चिन्हबाट भए होला तर अब निर्वाचित भएपछि सबैको जनप्रतिनिधि हुँ म त्यसैगरि काम गर्छु उनले भनिन्। 

म मेरा वडाबासीहरुलाई दुख पर्ने गरि काम गर्दिन उनले थपिन्, म सधै वडामै बसेर जनताको काम गर्छु म मेरा घर चौतारा पसलमा बोलाएर दुख दिन अध्यक्ष बनेको होइन, सकेसम्म तपाईहरुको घरमै आएर सेवा दिन्छु, उनले भनिन् त्यो नभएको खण्डमा सधै वडा कार्यालयबाट सहज सेवा पाउनु हुनेछ। जिल्लामा रहेको ७९ वटा वडामध्ये दुधौली नगरपालिका ३ बाट उनलाई नेपाली काँग्रेसले टिकट दिएपछि उनि  चुनावी अभियानमा लागेकी थिइन्।

प्रकाशित: २ जेष्ठ २०७९ १५:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App