७ वैशाख २०८१ शुक्रबार
राजनीति

विराटनगरमा १५ सय भन्दा बढी मतले नागेश अगाडि

विराटनगर महानगरपालिकामा मतगणना सुरु भएदेखिनै नेपाली कांग्रेसका मेयर उम्मेदवार नागेश कोइराला अग्र स्थानमा छन्। सोमबार साँझसम्मको मत परिणामले पनि त्यही देखाएको छ।

उनी सत्तारुढ गठबन्धनका उम्मेदवार हुन। कोइरालाले सोमबार साँझसम्म ५ हजार ५ सय ३२ मत प्राप्त गरेका छन्। उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका सागरकुमार थापाले ३ हजार ९ सय ७४ मत प्राप्त गरेका छन्। यी दुई बीच १५ सय भन्दा बढी मतको अन्तर देखिएको छ।

तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार उमेशकुमार यादव छन्। उनले १ हजार ७ सय २० मत प्राप्त गरेका छन्। चौथो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रहलादप्रसाद साहले ८ सय ३२ मत प्राप्त गरेका छन्।

प्रकाशित: २ जेष्ठ २०७९ १२:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App