coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

पोखरा महानगरपालिका: करिब ६ सय मतले धनराज अघि

पोखरा महानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य अगाडी छन्।  

मतगणनाको तेस्रो दिन सोमबार साँझसम्म उनले ५ हजार १ सय ३७ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमाले कृष्णबहादुर थापाले ४ हजार ५ सय ४५ मत प्राप्त गरेका छन्। 

यी दुई उम्मेदवारबीच त्यति धेरै मतको अन्तर देखिदैन। यहाँ पनि धनराजले सुरुदेखिनै अग्रता लिइरहेका हुन।  

तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का शंकर खनाल छन्। उनले अहिलेसम्म ६ सय मत मात्र प्राप्त गरेका छन्। यसैगरी चौथौ स्थानमा स्वतन्त्र उम्मेदवार खडकराज पौडेलले १ सय ८३ मत प्राप्त गरेका छन्।

प्रकाशित: २ जेष्ठ २०७९ ११:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App