८ वैशाख २०८१ शनिबार
राजनीति

काठमाडौंमा ३५ सय मतले ‘बालेन’ अगाडि

काठमाडौं महानगरपालिका स्वतन्त्र मेयर उम्मेदवार बालेन साहले आफ्ना निकटतम प्रतिस्पर्धी  नेकपा एमालेका केशव स्थापितलाई ठूलो मतान्तरले पछाडी पारिरहेका छन्।

पछिल्लो मतगणना अनुसार उनले ७ हजार ५ सय ३४ मत प्राप्त गरेका छन्। मतगणना सुरु भएदेखिनै उनी अग्रस्थानमा छन्।

उनका निकटतम प्रतिद्धन्दी एमालेका केशव स्थापितले ३ हजार ९ सय ८२ मत प्राप्त गरेका छन्। बिहानदेखि दुई जनाले प्राप्त गरेको मत हेर्दा मतान्तरण बढ्दै गएको छ।

यसैगरी तेस्रो स्थानमा नेपाली कांग्रेसकी सिर्जना सिंह छिन्। उनले ३ हजार ४ सय ८६ मत प्राप्त गरेकी छिन्।

राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठ चौथौ स्थानमा छन्। उनले ५ सय २१ मत प्राप्त गरेका छन्।

प्रकाशित: २ जेष्ठ २०७९ ११:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App