१५ चैत्र २०८० बिहीबार
राजनीति

नेपाल बिना हाम्रा 'राम' पनि अधुरा हुन्छन्: भारतीय प्रधानमन्त्री

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणलाई आफ्नो सौभाग्यका रुपमा व्याख्या गरेका छन्। 

उनले आफ्नो भ्रमण राजनीतिक नभई आध्यात्मिक भ्रमण रहेको बताए। भारतीय प्रधानमन्त्री मोदीले बुद्ध जयन्तीका अवसरमा सोमबार लुम्बिनीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै भने, ‘भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी आउन पाउनु मेरा लागि सौभाग्यको कुरो हो।’ सम्बोधनका क्रममा बीचबीचमा नेपाली भाषा प्रयोग गर्ने प्रयास गरेका मोदीले बुद्धको जन्मस्थल मायादेवी मन्दिरको प्रवेशलाई जिवनको अविस्मरणिय समयका रुपमा व्याख्या पनि गरे। 

उनले बुद्ध जन्मस्थल लुम्बिनी, पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधाम जस्ता आस्थाका केन्द्रहरुको सम्वद्र्धनमा नेपालले धेरै महेनत गरिरहेको उल्लेख गरे। मोदीले नेपाल बिना भारतका राम पनि अधुरो भएको उल्लेख गरे। ‘मलाई राम्ररी थाहा छ, नेपाल बिना हाम्रा राम पनि अधुरा छन। भारतमा रामको ठूलो मन्दिर बनिरहेको खबरले नेपालीहरु पनि त्यत्तिकै खुसी भएका छन्’, उनले भने। मोदीले संसारकै सबैभन्दा अग्लो पर्वत सगरमाथाको देश नेपाल, अनेकौ तीर्थस्थल, मन्दिर, मठले भरिएको देश दुनियाँमा नभएको उल्लेख गर्दै नेपालको भरपुर प्रसंसा गरेका थिए। 

उनले यी सम्पदाहरुलाई नेपाल भारतको साझा आस्था र प्रेमका प्रतिकका रुपमा पनि व्याख्या गरे। मोदीले यी सम्पदालाई पुँजीका रुपमा व्याख्या गर्दै भने, ‘हामी दुई देश प्रभावकारी ढंगले मिलेर बुद्धको सन्देशलाई संसार भर फैलाउन सक्छौ।’ उनले दुई देशबीच मित्रता र घनिष्टता सम्पूर्ण मानव जातीका लागि अपरिहार्य भएको उल्लेख गरे। मोदीले यी सम्पदाहरुप्रतिको आस्थाले र श्रद्धाले दुई देशलाई एउटै सुत्रमा बाँध्ने बताए। 

प्रकाशित: २ जेष्ठ २०७९ १०:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App