coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

माओवादी नेता जनार्दन शर्माको वडामा कांग्रेस विजयी

माओवादी नेता तथा अर्थमन्त्री जनार्दन शर्माको वडामा नेपाली कांग्रेसका उम्मेदवारको प्यानलले जितेको छ। नेपाली कांग्रेसका उम्मेदवार समिरजङ मल्ल ५ सय ८ मतसहित निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मुसिकोटले जनाएको छ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार शुसिल गौतम ४ सय २४ मत प्राप्त गरेका छन्। गौतम २०७४ मा निर्वाचित वडा अध्यक्ष हुन्। सदस्यहरुमा पनि कांग्रेस–एमाले गठबन्धनका ४ जना सदस्य निर्वाचित भएका छन्। नेपाली कांग्रेसबाट खुल्ला महिला सदस्य टिका देवकोटा, दलित महिला सदस्य प्रतिभा नेपाली, वडा सदस्य कालीबहादुर खत्री र बमकुमारी ओली केसी मत ल्याएर विजयी भएका हुन्।

यसअघि काँग्रेसले मुसीकोट नगरपालिका १, २, ३ पनि जितेको छ। अहिलेसम्म मतगणना भएको ५ वटा वडामध्ये माओवादी केन्द्रले वडा नं. ४ मा मात्रै विजय हाँसिल गरेको छ। यहाँ नगरप्रमुखमा पनि कांग्रेसले अग्रता कायम राखेको छ।

प्रकाशित: २ जेष्ठ २०७९ १०:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App