coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

इलामको सन्दकपुर गाउँपालिकामा गठबन्धनका अध्यक्ष-उपाध्यक्ष विजयी

निर्वाचित अध्यक्ष तुलाराम गुरुङ। तस्बिर: भीम/नागरिक

सन्दकपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा नेपाली कांग्रेसका तुलाराम गुरुङ र उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी) का हरि लुंगेली विजयी भए।

भर्खरै सकिएको मतगणनाअनुसार अध्यक्षमा गुरुङले गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा नेकपा (एमाले) इलामका उपाध्यक्ष उदयबहादुर राईलाई पराजित गरेका हुन्। गुरुङले ४ हजार २ सय २३ र राईले ३ हजार २ सय ५८ मत ल्याएका छन्। उपाध्यक्षमा लुंगेलीले ३ हजार ६ सय ३७ मत ल्याए। निकटतम् प्रतिद्वन्द्वी एमालेकी तुलसा सेढाईं ढकालले २ हजार ९ सय ८६ मत ल्याएकी छिन्।  

६ वटा वडा रहेको सन्दकपुर गाउँपालिकाको वडा १ र ५ मा एमालेको प्यानल नै विजयी भएको छ। वडा १ मा रहरकुमार राईको प्यानल र वडा ५ मा यज्ञबहादुर गुरुङको प्यानल विजयी भएको छ। वडा २ मा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा (एस)का सनम राई विजयी भए। यो वडाका चारै सदस्य एमालेले जितेको छ। वडा ३ मा गठबन्धनबाटै वडाध्यक्ष लीला बुर्जाको प्यानल विजयी भयो। वडा ४ मा गठबन्धनबाट जनता समाजवादी पार्टीका वडाध्यक्ष ढालबहादुर गुरुङको प्यानल विजयी भएको छ। 

प्रकाशित: २ जेष्ठ २०७९ ०९:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App