६ वैशाख २०८१ बिहीबार
राजनीति

भक्तपुर नेमकिपाको क्लिनस्विप, सबै विपक्षीको जमानत जफत

भक्तपुर नगरपालिकाको मेयरमा झण्डै ९ गुणा मतान्तरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सुनिल प्रजापति निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार प्रजापतिले २९ हजार २ सय मत पाएका छन्। उनका निकतट प्रतिस्पर्धी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले तीन हजार तीन सय ५२ मतमा सिमित भए।

त्यस्तै उपमेयरमा पनि नेमकिपाकी रजनी जोशीले २९६९५ मत ल्याएर विजयी भएकी छन्। उनकी निकट प्रतिस्पर्धी नेकपा एमालेकी रञ्जना खर्बुजाले २७८४ मत पाएकी छन्। यो नगरपालिकामा नेमकिपाले क्लिन स्विप (मेयर, उपमेयर, वडा अध्यक्षहरु, सदस्यहरु) सबै विजयीं) भएको हो। नगरपालिकामा विपक्षीहरुको जमानत जफत भएकाे छ।  

प्रकाशित: २ जेष्ठ २०७९ ०८:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App