coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

दैलेखमा काँग्रेसको किल्ला भत्कियो

दोहोरिदाँ चुनाव हार्ने दैलेखका निवर्तमान गाउँपालिका अध्यक्षहरु खेमराज ओली, नगेन्द्रबहादुर मल्ल र भदे बुढामगर।

२०७४ सालको स्थानीय तहमा आफ्नो वजश्व जमाएको स्थानमा नेपाली काँग्रेसका उम्मेदवारले अहिलेको चुनावमा नराम्रो हार ब्यहोर्नु परेको छ। काँग्रेसबाट जितेका दैलेखको गुरासँ, डुंगेश्वर र नौमुले गाउँपालिकामा निवर्तमान पालिका अध्यक्षहरु पराजित भएका हुन्।  

अघिल्लो चुनावमा काँग्रेसबाट विजयी अध्यक्षहरु फेरी दोहोरिएका थिए। अघिल्लो निर्वाचनबाट निर्वाचित अध्यक्षहरु गुरासँ गाउँपालिकाबाट खेमराज ओली, डुंगेश्वर गाउँपालिकाबाट नगेन्द्रबहादुर मल्ल र नौमुले गाउँपालिकाबाट भदे बुढामगर पराजय भएका हुन्। यसपाली पनि निश्चित जित्ने दाउमा निर्वाचनमा होमिएका उनीहरु माओवादी र एमालेका उम्मेदवारबाट पराजित भएका हुन्।  

 नौमुले गाउँपालिकामा माओवादी केन्द्रका छविराम सुवेदीले ३२ सय मत ल्याएर विजयी भए। उनका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका भदे बुढामगरले २५ सय ४४ मत ल्याएका थिए। त्यस्तै एमालेका शशिराम विकले १९ सय २० मत प्राप्त गरेर तेस्रो भएका छन्। सुवेदी र बुढाविच ६ सय ५६ मतअन्तर देखियो। डुंगेश्वर गाउँपालिकामा नेकपा एमालेबाट सुन्दर केसीले ३ हजार ३ सय ६ मतले विजयी भए। नेपाली काँग्रेसका उम्मेदवार नगेन्द्रबहादुर मल्लले ३ हजार २ सय ३६ मत ल्याएर पराजित भए। केसी र मल्लको ७० मतअन्तर थियो। 

त्यस्तै गुरासँ गाउँपालिकाबाट टोप विसी ४ हजार १ सय २० मतले विजयी भए। काँग्रेसका उम्मेदवार खेमराज ओलीले ३ हजार ७ सय ७५ मत ल्याएर पराजित भए। विसी र ओलीविच ३ सय ४५ मतअन्तर छ। नौमुलेमा माओवादी केन्द्र र एकिकृत समाजवादीविच तालमेल थियो भने, डुंगेश्वर र गुरासँमा नेकपा एमाले एक्लै चुनावमा लडेको थियो। ११ स्थानीय तह रहेको दैलेखमा २०७४ को चुनावमा नौमुले, गुरासँ, डुंगेश्वर र दुल्लुमा काँग्रेसले जितेको थियो। अरु ७ वटा स्थानीय तहमा नेकपा एमालले जिते हासिल गरेको थियो। दुल्लुमा मत गणना कार्य जारी रहेको छ।

प्रकाशित: २ जेष्ठ २०७९ ०८:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App