coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

विराटनगर महानगरपालिका २ वटा वडामा एमाले र जसपा विजयी

विराटनगर महानगरपालिका २ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। वडा नम्बर १७ मा जनता समाजवादी पार्टी (जसपा) र १९ नम्बर वडामा नेकपा एमालेको प्यानल विजयी भएका छन्।

वडा नम्बर १७ मा जसपाका समिम कमर मियाँले १ हजार ४ सय ५० मत प्राप्त गर्दै प्यानल विजयी भएको हो। उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका असमल आलमले ९ सय ४४ मत प्राप्त गरे। सदस्यमा जाकिर आलम, महमद मन्जर आलम, महिला सदस्यमा चुलियादेवी साह र दलित महिला सदस्यमा वसन्तीदेवी पासवान विजयी भए।

त्यस्तै, वडा नम्बर १९ मा नेकपा एमालेका श्याम घिमिरेसहित प्यानल विजयी भएका छन्। घिमिरेले ९ सय ८७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उदय राजवंशीले ९ सय ५ मत प्राप्त गरे। सदस्यहरुमा निजनारायण राजवंशी, लक्ष्मण सरदार, महिला सदस्य लक्ष्मीदेवी राइनी र दलित महिला सदस्यमा खुश्बु विश्वकर्मा विजयी भए।

विराटनगर महानगरपालिकाको प्रमुखमा गठबन्धनतर्फबाट नेपाली कांग्रेसका नागेश कोइरालाले ४ हजार ९ सय ९६ मत प्राप्त गरेको छन् भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका सागर थापाले ३ हजार ५ सय १८ मत प्राप्त गरेका छन्।

उपप्रमुखमा नेकपा एमालेकी शिल्पा निराला कार्कीले ३ हजार ९ सय ९६ मत प्राप्त गरेकी छन् भने उनका प्रतिद्वन्दी गठबन्धनतर्फबाट जसपाका अमरेन्द्र यादवले २ हजार ९ सय ३३ मत प्राप्त गरेका छन्। हालसम्म गणना १५ हजार ६ सय ४९ मत गणना भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित: २ जेष्ठ २०७९ ०७:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App