coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

दार्चुलाको शैल्यशिखर नगरपालिकामा एमालेको जीत

दार्चुलाको शैल्यशिखर महाकाली नगरपालिकामा नेकपा एमालेको जीत भएको छ।

जिल्लाको शैल्यशिखर नगरपालिकाको नगर प्रमुख पदमा एमालेका विजय सिंह धामी ५ हजार ५ सय ९ मतसहित निर्वाचित भएका छन् उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका अमर सिह धामी ४ हजार ६ सय ६२ मत प्राप्त गरेका छन्।

उपप्रमुखमा एमालेकै शान्ति खडायत ५ हजार ६ सय ४८ मतसहित विजयी भएकी छिन्। उनकी निकटतम प्रतिद्वन्दी कांग्रेसकी राजमती पाल ४ हजार ५ सय ७५ मत प्राप्त गरेकी छिन्।

नाै वटा वडा रहेको नगरपालिकामा ८ वडामा एमालेको प्यानल तथा  १ मात्र वडामा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ। नगर प्रमुखमा पराजित धामी निवर्तमान नगर प्रमुख समेत हुन्।

प्रकाशित: २ जेष्ठ २०७९ ०६:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App