८ वैशाख २०८१ शनिबार
राजनीति

रोल्पाको गंगादेव गाउँपालिकामा नेपाली कांग्रेस विजयी

निर्वाचित अध्यक्ष हरिबहादुर पुन।

रोल्पाको गंगादेव गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेद्वार निर्वाचित भएका छन्। नेपाली कांग्रेसका हरिबहादुर पुनले २ हजार ५ सय ४८ मत पाउँदा उनका प्रतिद्वन्द्वी एमालेका रोशन कुमार वलीले २ हजार ४ सय ९९ मत ल्याए। 

पहिलो निर्वाचितमा अध्यक्ष बनेका माओवादीका बिरबहादुर खत्रीले २ हजार १ सय ५४ मत मात्र ल्याएका छन्। स्वतन्त्रबाट चुनाब लडेका बिप्लवका केन्द्रीय नेता चुणामडी वलीले १ हजार ५ सय ७३ मत ल्याएका छन्।  

गंगादेवमा उपप्रमुखमा पनि नेपाली कांग्रेस कै अमृता कुमारी केसीले जितेकी छिन्। उनले २ हजार ९ सय ९ मत पाउँदा एमालेकि निर्मला कुमारी वलीले २ हजार ४ सय ४२ मत ल्याईन्। उपप्रमुखमा समाजवादीका नेपबहादुर डाँगीले तेस्रो स्थान ल्याएका छन्। उनले १ हजार ८ सय ११ मत ल्याए।

सात वडा रहेको यहाँ एमाले र माओवादीले एक एकवटा वडा मात्र जितेका छन्। वडा न. ३ को अध्यक्ष मात्रै जितेको माओवादीले योभन्दा पहिले अत्याधिक बहुमतका साथ गाउँपालिका नै जितेको थियो।

प्रकाशित: २ जेष्ठ २०७९ ०६:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App