५ वैशाख २०८१ बुधबार
राजनीति

सिस्ने गाउँपालिकाकाे अध्यक्षमा माओवादी, उपाध्यक्ष्ममा एमाले विजयी

अध्यक्ष र उपाध्यक्ष।

रुकुम पूर्वको सिस्ने गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का कृष्ण रेग्मी विजयी भएका छन्। 

रेग्मीले ३ हजार ७ सय ७९ मत ल्याई ल्याएर जित हाँसिल गरेका हुन्। उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार दत्तबहादुर बस्नेतले ३ हजार ७ सय मत ल्याएका थिए।

गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेका गोपाल रेउले विजयी भएका छन्। रेउलेले ३ हजार ७ सय ६१ मत ल्याएर जित हाँसिल गरेका हुन्। 

उनका प्रतिद्वन्द्वी माओवादीका आस्था बि.कले ३ हजार ४ सय ७४ मत प्राप्त गरेकि छिन्। सिस्नेमा नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन रहेको थियो। २०७४ को स्थानीय तह निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष पदमा माओवादी केन्द्रले विजय हाँसिल गरेको थियो।

प्रकाशित: २ जेष्ठ २०७९ ०६:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App