६ वैशाख २०८१ बिहीबार
राजनीति

भरतपुरमा रोचक भिडन्तः कहिले ‘विजय’ त कहिले ‘रेणु’

काठमाडौ पछि मेयर पदमा रोचक भिडन्त भइरहेको अर्को महानगरपालिका भरतपुर हो।  सत्तारुढ गठबन्धनका तर्फबाट उठेकी माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल र नेकपा एमालेका उम्मेदवार विजय सूवेदीबीच रोचक प्रतिस्पर्धा भइरहेको छ।  

मतगणना सुरु भएदेखि नै कहिले रेणु अघि त कहिले विजयको अग्रता भइरहेको छ। यी दुई उम्मेदवारबीच झिनो मतको अन्तर छ।  यी दुईबीच मात्र ३३ मतको फरक छ।  

सोमबारको नागरिक न्यूजलाई प्राप्त पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार विजय सूवेदीले अग्रता लिएका छन्। उनले ३ हजार ८ सय ३८ मत प्राप्त गरेका छन भने उनकी निकटम प्रतिद्धन्दीका रुपमा रणु दाहालले ३ हजार ८ सय ५ मत प्राप्त गरेकी छिन्। यी दुईबीच मात्र ३३ मतको मात्र फरक छ।  

मतगणना सुरु भएदेखि नै यी दुई प्रतिस्पर्धीबीच झिनो मतको अन्तर रहदै आएको छ। त्यसो त अर्का स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई पनि भरतपुरका बलियो मेयर उम्मेदवारका रुपमा लिइएको भएपनि उनले अहिलेसम्म १ हजार ५ सय ११ मत प्राप्त गरेका छन्। उनी तेस्रो नम्बरमा छन्। दाहालसँग यीनको दुई हजार २ सय भन्दा बढी मतको अन्तर छ।  

जगन्नाथ पौडेल नेपाली कांग्रेसका स्थानिय नेता हुन। उनलाई पार्टी टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवारका रुपमा उठेका हुन। चितवनका उनीलगायत धेरै नेतालाई कांग्रेसले कारवाही पनि गरिसकेको छ।  

माओवादी अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनकी उम्मेदवारले कुनै पनि हालतमा जित्नुपर्छ होइन भने देश दूर्घटनामा जान्छ भन्दै विवादस्पद भाषण गरेका थिए। यसबाट उनी आलोचित पनि भएका थिए।  

यसैगरी चौथौ नम्बरमा विवेकशील साझाका प्रविन काफ्ले निकै कम १४ मत मात्र प्राप्त गरेका छन्।  

प्रकाशित: २ जेष्ठ २०७९ ०५:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App