coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

पूर्वखोलामा एमालेका उम्मेदवार विजयी, अध्यक्षमा थापा र उपाध्यक्षमा भट्टराई

बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पाल्पाको पूर्वखोला गाउँपालिका एमालेले क्लिन स्वीप गरेको छ। छ वडा रहेको पूर्वखोलाका सबै सदस्य एमालेले क्लिन स्वीप गरेको हो।

पूर्वखोला गाउँपालिका अध्यक्षमा नेकपा एमालेका नुनबहादुर थापा ६ हजार ३९ मत प्राप्त गरि विजयी भएका छन्। अध्यक्षमा विजयी थापाले ६ हजार ३९ मत ल्याई विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) उम्मेदवार मिनप्रसाद गिरीले १ हजार २ सय ५७ मत ल्याएका छन्। त्यस्तै उपाध्यक्षमा भट्टराई ५ हजार ८ सय ९४ मतसहित विजयी भएकी छिन्। उनका प्रतिस्पर्धी कांग्रेसकी विष्णुकुमारी आचार्यले २ हजार २ सय ५० मत ल्याइन्।

पूर्वखोलामा ६ वटै वडाअध्यक्ष र सबै सदस्यमा पनि एमाले विजयी भएको छ। वडा नम्बर १ मा गिरिमान आले, २ मा निरबहादुर सारु, ३ मा कृष्णप्रसाद भट्टराई, ४ मा मेहरसिंह थापा, ५ मा विष्णुकुमार पल्ली र ६ मा धनबहादुर घर्ती विजयी भएका हुन्।

पूर्वखोलामा २०७४ सालको निर्वाचनमा पनि अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षसहित सबै सदस्य एमालेबाटै विजयी भएका थिए।

प्रकाशित: २ जेष्ठ २०७९ ०३:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App