coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मतगणनाको विषयमा झडप: ६ घाईते, प्रहरीद्धारा अश्रुग्याँस प्रहार

पाल्पाको रम्भा गाउँपालिकामा झडप हुँदा ६ जना घाइते भएका छन्। घाइते हुनेहरूमा ३ जना सुरक्षाकर्मी र ३ जना मतदाता रहेको बुझिएको छ।

रम्भा गाउँपालिका ५ ताहुँको मतगणना सम्पन्न हुने क्रममा ७४ मत बढी देखिएपछि विवाद बढ्दै गएको थियो। निर्वाचन अधिकृतको कार्यलयतर्फ जान खोज्ने गठबन्धन दलका कार्यकर्तालाइ रोक्ने क्रममा झडप भएको हो।

पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले तीन जना प्रहरीलाइ ढुंगा तथा लाठीले हिर्काइ घाइते बनाएपछि प्रहरीले अश्रुग्याँस हानेको बताए। उनले थप क्षति हुन नदिन स्थानीय जनता, मतदाता तथा स्थानीय राजनीतिक दललाइ आग्रह गरेका छन्।  

यता रम्भा गाउँपालिकामा गठबन्धन दलहरूले सार्वजनिक नतिजाप्रति असहमति जनाउँदै पुनः मतदानको माग गरेका छन्। गठबन्धन दलहरुले संयुक्त विज्ञप्ति जारी गर्दै मतगणना गर्ने क्रममा ७४ फर्जी मत भेटिएको भन्दै पुनः मतदानको माग गरेका हुन्।  

मतगणना ट्याली गर्ने क्रममा दलका प्रतिनिधि र कर्मचारीको तथ्यांकमा एकरूपमा नभएपछि मतगणना स्थगित भएको रम्भा गाउँपालिका निर्वाचन अधिकृत कृष्ण प्रसाद भण्डारीले बताए। रम्भा गाउँपालिका निर्वाचन अधिकृत भण्डारीले दलहरू बीचको सहमति नभएसम्मका लागि मतगणना स्थगित गरेको बताए। उनी भन्छन्, मत बढी देखियो, एकरूपता हुन सकेन। हामी सहमत हुन सक्दैनौं। यस्तो तथ्यांक हुँदैन भनेर उम्मेदवारका प्रतिनिधिहरू बाहिरिनुभयो। पूनः मतगणना हुनुपर्छ भन्ने कुरा आयो। हामीलाइ अपमानित गरियो। हामीलाइ असुरक्षा पनि भयो।  

रम्भा गाउँपालिकाका नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस, नेकपा माओवादी र मंगोल नेशनल अर्गनाइजेसनले विज्ञप्ति जारी गर्दै वडा नं. ५ ताहुँको मतगणना गर्ने क्रममा ७४ मत फर्जी भेटिएको बताएका छन्।

प्रकाशित: १ जेष्ठ २०७९ १८:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App