हुम्लाको ताजाकोट गाउँपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनले जितेको छ। गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका लालकेश जैसी र उपाध्यक्षमा नेपाली कांग्रेसका सुरेन्द्रबहादुर थापा विजयी भए। अध्यक्षमा विजयी जैसीले १८१० मत ल्याउँदा नेकपा एमालेका अजमल बुढाले ९९५ मत पाए।
उपाध्यक्षमा नेपाली कांग्रेसका सुरेन्द्रबहादुर थापा १३९१ मतका साथ विजयी भए। उनले एमालेका रुपचन्दा ऐडीलाई पराजित गरे । ऐडीले ४७७ मत ल्याइन्।
प्रकाशित: १ जेष्ठ २०७९ १३:५३ आइतबार