७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेसले थप्यो तीन वडाध्यक्षः तीन पालिका प्रमुखमा उसकै अग्रता

कांग्रेसले बाह्रविसे नगरपालिकामा वडाध्यक्ष थपेको छ। वडा नं. २ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार रेशम तामाङ बिजयी भएका छन्। 

उनले एमाले उम्मेदवार जितबहादुर तामाङलाई ८२ मतान्तरले हराए। रेशमले ७ सय ६ मत पाउँदा जितबहादुरले ६ सय २४ भोट ल्याए। रेशमको प्यानलै बिजयी भएको हो।  

यसअघि बाह्रविसे–१ को वडाध्यक्षमा कांग्रेसकै आङदोर्जे शेर्पा प्यानलसहित निर्वाचित भएका थिए। यहाँ दुईवटा वडाको मतपरिणाम सार्वजनिक हुँदा नगर प्रमुख, उपप्रमुखमा कांग्रेसकै उम्मेदवारले अग्रता लिइरहेका छन्। 

प्रमुखका उम्मेदवार बालकृष्ण बस्नेतले १ हजार २ सय ७३ र उपप्रमुखकी उम्मेदवार मञ्जु तामाङले १ हजार १ सय ८४ मत पाएका छन्। उनीहरुलाई एमाले प्रमुख र उपप्रमुखका उम्मेदवार निमफुञ्जो शेर्पा र सुशीला पाख्रिनले टक्कर दिइरहेका छन्।  

त्रिपुरासुन्दरी गाउँपालिकामा प्यानलसहित वडाध्यक्ष जित्दै कांग्रेसले खाता खोलेको छ। त्रिपुरासुन्दरी–१ मा सीताराम थापा ३ सय ३४ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी माओवादीका हरेराम तिमिल्सिनाले २ सय ७९ मत ल्याए।

पालिका अध्यक्षमा कांग्रेसकै उम्मेदवार भक्तध्वज बोहोरा ३ सय २५ र उपप्रमुखमा ३ सय २८ मत ल्याएर गीताकुमारी नेपालले अग्रता लिइरहेका छन्। एमाले उम्मेदवार मेघनाथ पौडेलले २ सय ३२ र सविता श्रेष्ठले २ सय ३ मत पाएका छन्।

हेलम्बु गाउँपालिकामा पनि कांग्रेसले खाता खोलेको छ। हेलम्बु–१ को वडाध्यक्षमा १ हजार तीन मत ल्याएर कांग्रेसका दावाग्याल्जेन लामा निर्वाचित भए । उनले एमाले उम्मेदवार अनिल लामालाई हराए। उनले ५ सय ९६ मत मात्र पाए। हेलम्बुमा हालसम्म गणना भएको मतमा कांग्रेसले नै अग्रता लिइरहेको छ। 

कांग्रेसका अध्यक्ष उम्मेदवार निमाग्याल्जेन शेर्पाले २ हजार २ सय ८९ तथा उपाध्यक्षकी उम्मेदवारले २ हजार २ सय २९ मत पाएका छन्। निकटतम प्रतिस्पर्धी एमाले अध्यक्ष र उपाध्यक्ष उम्मेदवारले क्रमशस् १ हजार ७ सय ३३ र १ हजार ८ सय ८३ मत पाएका छन्।

१ सय तीन वडामध्ये हालसम्म पाँचवटाको मतपरिणाम सार्वजनिक हुँदा सबैमा कांग्रेस उम्मेदवार बिजयी भएका छन्। यसअघि जुगल गाउँपालिका–१ को वडाध्यक्ष कांग्रेसका जनक लामा बिजयी भएका थिए।

प्रकाशित: ३१ वैशाख २०७९ १५:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App