७ वैशाख २०८१ शुक्रबार
राजनीति

पोखरा महानगरमा एमालेको अग्रता

पोखरा महानगरपालिकाको १५० मतको मतपरिणाम सार्वनिक गरिएको छ। सार्वजनिक गरिएको मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले अग्रता लिएका छन्।

थापाले ६१ मत सहित अग्रता लिएका छन् । पाँचदलीय गठबन्धनका धनराज आचार्यले ५० मत प्राप्त गरेका छन्। नौ बजेसम्म सार्वजनिक गरिएको मत परिणाम अनुसार गठबन्धनबाटै नेपाली काँग्रेसी उपप्रमुख उम्मेदवार कोपिला रानाभाटले ६० मत प्रप्त गरेकी छन्।

नेकपा एमालेकी मन्जुदेवी गुरुङले ६० मत पाएकी छन्। उपप्रमुखमा दुवैको मत बराबर रहेको छ । थापा पूर्व नगर प्रमुख हुन भने मन्जुदेवी गुरुङ बर्तमान उपप्रमुख हुन्। पोखरा महानगर देशकै ठूलो महानगर हो। ३३ वटा वडा छन्। कुल मतदाता २ लाख ७ हजार ७ सय १२ मा शुक्रबारको मतदानमा १ लाख ४३ हजार २ सय २८ मतदाता मतदानमा सहभागिता जनाएका थिए। निर्वाचन कार्यालय कास्कीको अनुसार ६८.९६प्रतिशत मत खसेको जनाएको छ।

कास्कीको अन्नपूर्ण गाँउपालिकामा झण्डै १३०० मत गणना हुदाँ नेपाली काँग्रेस र नेकपा एमालेको उम्मेदवारको मत बराबर भएको छ। केही समय अघिसम्म नेकपा एमालेका विष्णु केसीले अग्रता लिएपनि झण्डै १३०० गर्ने क्रममा दुवैको मत बराबरी आएको हो । उनले नेपाली काँग्रेसका प्रतिस्पर्धी युवराज कुँवर र नेकपा एमालेका विष्णु केसीले समान ६४१ मत प्राप्त गरेका छन्।  

कास्कीकै माछापुच्छे गाँउपालिकाका काँग्रेसका मिनबहादुर गुरुङ १९८९ मत प्राप्त गर्दै अग्रता लिएका छन्। उनका प्रत्यासी नेकपा एमालेका विक्रम गुरुङ एमले १७७७ मत ल्याएका छन्। उपाध्यक्ष तर्फ काँग्रेसकी सीता अधिकारीले १८३४ मत पाउँदा एमालेकी सीता तिवारीले १७०२ मत प्राप्त गरेकी छन्।  

रुपा गाँउपालिकामा भने नेपाली काँग्रेसकी गीमाया गुरुङले ९८३ मत पाउँदा एमालेका नवराज ओझाले ८०७ मत सहित पछ्याईरहेका छन्। उपाध्यक्ष तर्फ काँग्रेसका नारायण श्रेष्ठले १००७ मत पाउँदा एमालेकी लालसुबा गुरुङले भने ७५४ मत प्राप्त गरेकी छन्। ओझा र गुरुङ रुपा गाँउपालिकाका बर्तमान अध्यक्ष र उपाध्यक्ष समेत हुन्।  

त्यसैगरी कास्कीकै मादी गाँउपालिकामा नेकपा एमालेका शिव गुरुङ (मेहन्द्र)ले २८७ मत प्राप्त गर्दै अग्रता लिएका छन्। उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका देवीजंग गुरुङले २६७ मत प्राप्त गरेका छन्। उपाध्यक्ष तर्फ एमालेकी कल्पना गुरुङले २९८ मतसहित अगाडि रहदँ गठबन्धनका लालबहादुर गुरुङ २१४ मत प्राप्त गरेका छन्। गत २०७४ को स्थानीय तहको निर्वाचनमा कास्कीमा चारवटा गाँउपालिका मध्ये एमालेले तीन र एक गाँउपालिकामा नेपाली काँग्रेसले जित हासिल गरेको थियो।

प्रकाशित: ३१ वैशाख २०७९ १५:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App