coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कास्कीको अन्नपूर्णमा बराबर, मादीमा एमाले र रुपा एवं माछापुच्छ्रेमा काँग्रेसको अग्रता

कास्कीको अन्नपूर्ण गाँउपालिकामा झण्डै १३०० मत गणना हुदाँ नेपाली काँग्रेस र नेकपा एमालेको उम्मेदवारको मत बराबर भएको छ। 

केही समयअघिसम्म नेकपा एमालेका विष्णु केसीले अग्रता लिएपनि झण्डै १३०० गन्ने क्रममा दुवैको मत बराबरी आएको हो। उनले नेपाली काँग्रेसका प्रतिस्पर्धी युवराज कुँवर र नेकपा एमालेका विष्णु केसीले समान ६४१ मत प्राप्त गरेका छन्।

कास्कीकै माछापुच्छ्रे गाँउपालिकाका काँग्रेसका मिनबहादुर गुरुङ १९८९ मत प्राप्त गर्दै अग्रता लिएका छन्। उनका प्रत्यासी नेकपा एमालेका विक्रम गुरुङ एमले १७७७ मत ल्याएका छन्। उपाध्यक्षतर्फ काँग्रेसकी सीता अधिकारीले १८३४ मत पाउँदा एमालेकी सीता तिवारीले १७०२ मत प्राप्त गरेकी छन्।

रुपा गाँउपालिकामा भने नेपाली काँग्रेसकी गीमाया गुरुङले ९८३ मत पाउँदा एमालेका नवराज ओझाले ८०७ मतसहित पछ्याईरहेका छन्। उपाध्यक्षतर्फ काँग्रेसका नारायण श्रेष्ठले १००७ मत पाउँदा एमालेकी लालसुबा गुरुङले भने ७५४ मत प्राप्त गरेकी छन्। ओझा र गुरुङ रुपा गाँउपालिकाका बर्तमान अध्यक्ष र उपाध्यक्ष समेत हुन्।

त्यसैगरी कास्की कै मादी गाँउपालिकामा नेकपा एमालेका शिव गुरुङ (मेहन्द्र) ले २८७ मत प्राप्त गर्दै अग्रता लिएका छन्। उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका देवीजंग गुरुङले २६७ मत प्राप्त गरेका छन्। उपाध्यक्ष तर्फ एमालेकी कल्पना गुरुङले २९८ मतसहित अगाडि रहदँ गठबन्धनका (माओवादी केन्द्र) लालबहादुर गुरुङ २१४ मत प्राप्त गरेका छन्।

गत २०७४ को स्थानीय तहको निर्वाचनमा कास्कीमा चारवटा गाँउपालिका मध्ये एमालेले तीन र एक गाँउपालिकामा नेपाली काँग्रेसले जित हाँसिल गरेको थियो।

प्रकाशित: ३१ वैशाख २०७९ १४:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App