१६ चैत्र २०८० शुक्रबार
राजनीति

भक्तपुरमा नेमकिपा, मध्यपुरथिमि, सूर्यविनायक र चाँंगुमा कांग्रेस-एमालेबीच प्रतिस्पर्धा

भक्तपुरको भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) स्पष्ट बुहमतका साथ अगाडि बढेको छ। पछिल्लो स्थानीय निकायको निर्वाचनमा क्विल स्विप (मेयर, उपमेयर, वडा अध्यक्षहरु, सदस्यहरु सबैजना जितेको) नेमकिपा) ले यो पटक पनि भक्तपुर नगरपालिकामा यही सफलता दोहयाउने निश्चित जस्तै देखिएको छ।

नेमकिपालाई सबैभन्दा खतरा देखिएको भक्तपुर नगरपालिका १ मै फराकिलो अन्तरले अगाडि देखिएपछि यो आकलन गरिएको हो। यहाँं नेपाली कांग्रेस, एमाले, एकीकृत माओवादी, एकीकृत समाजवादीलगायतको सबै राष्ट्रिय पार्टीहरुको संयुक्त गठबन्धनका कारण खतरा देखिएको थियो। तर मत परिणाम सार्वजनिक भइरहँंदा भने त्यो खतरा हटेको छ।

शनिबार साँंझ पाँंच बजेसम्म सार्वजनिक नतिजा अनुसार नेमकिपाका मेयर सुनिल प्रजापतिले दुई हजार नौ सय ११ मत पाएका छन्। साथै उपमेयर रजनी जोशीले दुई हजार नौ सय ४२ मत पाएकी छिन्। यस नगरपालिकामा अन्य विपक्षी दलहरु निकै तल छन्।

नेमकिपाको मेयरको मत झण्डै तीन हजार पुग्दा निकटम प्रतिद्वन्द्वी कांग्रेस एमाले गठबन्धन दलको मत तीन सयमा सिमित छ। गठबन्धन दलबाट मेयरमा उम्मेदबार रामप्रसाद प्रजापतिले तीन सय ८८ मत पाएका छन्। गठबन्धनबाटै उपमेयरमा उम्मेदवारी दिएका नेकपा एसका ओमचरण अमात्यले त्यो भन्दा कम दुई सय २२ मतमा खुम्चिएका छन्।

भक्तपुरका अन्य तीन वटा नगरपालिकाहरुमा भने कांग्रेस र एमालेवीच तीव्र प्रतिस्पर्धा छ। नतिजा अनुसार नै कहिले कांग्रेस अगाडि बढिरहेको छ भने कहीले एमालेले अगाडि बढिरहेको अवस्था छ। यहाँं कांग्रेस र एमालेबीच निकै थोरै मतान्तरले अगाडि पछाडि हुने क्रम जारी छ।

साँंझसम्मको मत परिणाम अनुसार चाँंगुनारायण नगरपालिकामा कांग्रेसका मेयर जीवन खत्रीले एक सय ७२ मत पाउँदा एमालेकी विणा बास्तोलाले एक सय ५१ मत पाएकी छन्। हालसम्म भक्तपुर १ मा नेमकिपा, मध्यपुर १ मा कांग्रेस र सूर्यविनायक १ मा एमालेका वडा अध्यक्षले विजयी हासिल गरेका छन्। भक्तपुर नगरपालिकामा ७५ दशमलव ७१ प्रतिशत मत खसेको थियो।

यहाँं ५७ हजार दुई सय ७० मतदाता रहेकोमा ४३ हजार तीन सय ५९ मत खसेको थियो। यता मध्यपुर थिमिमा ३१ हजार चार सय ५३ मत खसेका थियो। साथै चाँंगुनारायण नगरपालिकामा ३३ हजार एक सय २३ र सूर्यविनायक नगरपालिकामा ३५ हजार पाँंच सय ३१ मत खसेको थियो। यसअघिको निर्वाचनमा भक्तपुरमा नेमकिपाले, मध्यपुर थिमिमा एमाले नेमकिपाको गठबन्धनले र सूर्यविनायक तथा चाँंगुनारायणमा एमालले मेयरमा विजयी हासिल गरेको थियो।

प्रकाशित: ३१ वैशाख २०७९ १३:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App