१६ चैत्र २०८० शुक्रबार
राजनीति

रिस्तीको दुई केन्द्रमा जेठ ४ गते फेरी निर्वाचन हुने

तनहुँ जिल्लाको व्यास नगरपालिका–८ रिस्तीस्थित साविकको रिस्ती गाविसको भवन फेदीको ‘क’ ‘ख’ मतदान निर्वाचन आयोगले पुन मतदान गराउन निर्देशन दिएको छ। 

शुक्रबार भएको मतदानमा उक्त केन्द्रमा मेयरका स्वतन्त्र उम्मेद्वार दिपकराज जोशीमाथी कांग्रेस कार्यकर्ताले आक्रमण गरेका थिए। जोशीले मतपत्र च्यातेपछि आक्रमण गरेको कांग्रेस कार्यकर्ताहरु बताउँदै आईरहेका छन्।

जेठ ४ गते पुनः मतदान गर्नलाई निर्वाचन आयोगले निर्देशन दिएको व्यास नगरपालिकाका मुख्य निर्वाचन अधिकृत हरिषचन्द्र ढुंगानाले बताए। जेठ ४ गते विहान ७ देखि साँझ ५ बजेसम्म मतदान गर्नलाई तयारी थालेको उनले बताए। रिस्तीमा मतदान सम्पन्न भएपछि बल्ल मतगणना थाल्ने उनले बताए 

प्रकाशित: ३१ वैशाख २०७९ १३:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App