७ वैशाख २०८१ शुक्रबार
राजनीति

पर्साका दुई वडाकाे वडाध्यक्षमा काँग्रेस विजयी

पर्साको धोबिनी गाउँपालिका वडा नम्बर १ र छिपहमाई गाउँपािलका वडा नम्बरको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। यसरी पर्सामा काँग्रेसले विजयी सुरुवात गरेको छ। 

धोबिनी १ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएको लगतै छिपहरमाई १ बाट पनि काँग्रेसकै उम्मेदवारको जितको नतिजा  आएको छ।  

धोबिनी १ मा कांग्रेसका उम्मेदवार बन्धु साह तेली ५ सय ७४ मत ल्याई वडाध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका ललन राउत कुर्मीले ४ सय ७७ मत ल्याएका छन।

त्यसैगरी छिपहमाई १ मा नेपाली काँग्रेसकै कामेश्वर प्रसाद यादवले ७ सय २९ मत ल्याई विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका उम्मेदवार रामपुकार यादवले ६ सय ४२ मत ल्याएका छन्।

प्रकाशित: ३१ वैशाख २०७९ १३:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App