६ वैशाख २०८१ बिहीबार
राजनीति

धरानमा १ हजार मतगणना नतिजाः मेयर-उमेयरमा गठबन्धनको अग्रता कायमै

धरानमा एक हजार मतको परिणाम घोषणा हुँदा लोकतान्त्रिक वाम गठबन्धनको मेयर र उपमेयर उम्मेदवारको अग्रता कायमै छ। निर्वाचन अधिकृतको कार्यालयले वडा नं १, २ र ३ को कुल एक हजार मतगणनाको नतिजा सार्वजनिक गरेको हो।

एक हजार मत गणना सकिदा गठबन्धनका मेयर पदका उम्मेदवार किशोर राईले ३६९ मत पाएर अग्रता कायमै राखेका छन्। उनलाई पछ्याइरहेका स्वतन्त्र मेयरका उम्मेदवार हर्क साम्पाङको मत २७५ छ भने नेकपा एमालेबाट मेयर उम्मेदवार मञ्जु भण्डारीले २०३ मत पाएकी छिन्। राप्रपाका उम्मेदवार नरेश शाक्यले ३७ मत पाएका छन्।

यसैगरी उपमेयरमा पनि गठबन्धनका उम्मेदवार पदम इस्वोले ३९३ मतसहित अग्रता कायमै राखेका छन्। नेकपा एमालेबाट उपमेयर उम्मेदवार पदम इस्वोले २२७ मत पाएका छन् भने राप्रपाकी उम्मेदवार पुर्णमाया राईले ५९ र स्वतन्त्र उम्मेदवार दत्तकुमार लिम्बुले ५२ मत पाएका छन्।

वडा नं १ को वडाअध्यक्षमा कांग्रेस उम्मेदवार यज्ञमणी आचार्यले १३२ मतसहित अगाडि छन् भने राप्रपाका उम्मेदवार रोशन अधिकारीले ८७ मत पाएका छन्। एमालेका उम्मेदवार सुमन श्रेष्ठले २६ मत पाएका छन्।

वडा नं २ को अध्यक्षमा एमालेका उम्मेदवार रमेश राई १९७ मतसहित अगाडि छन् भने कांग्रेसका सुधिरसिंह लिम्बुले १७३ मत प्राप्त गरेका छन्। वडा नं ३ को वडाअध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विद्या शाक्य १६७ मत पाएर अग्रस्थानमा छन्।

एमालेका सुयोग पाख्रिन ९९ मत पाएका छन्। निर्वाचन अधिकृत नेपालका अनुसार वडा नं १ को ३ सय मत गणना सकिएको हो भने वडा नं २ को ४ सय र वडा नं ३ को ३ सय मत गणना सकिएको हो। धरानमा कुल ६२ हजार ८९७ मत खसेको छ।

प्रकाशित: ३१ वैशाख २०७९ १३:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App