coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

बागलुङका अधिकांस स्थानीय तहमा मतगणना सुरु, बडिगाड अनिर्णित

स्थानीय तह  निर्वाचनको मतगणना बागलुङका विभीन्न पालिकाहरुमा सुरु भएको छ। १० स्थानीय तह रहेको बागलुङमा शुक्रबार भएको मतदानबाट ६३ प्रतिशत मत खसेको थियो। 

शनिबार बिहानबाट जिल्लाको ताराखोला गाउँपालिका र गलकोट नगरपालिका, निसीखोला गाउँपालिकामा मतगणना सुरु भएको छ। काठेखोला गाउँपालिका, बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, बरेङ गाउँपालिकामा दिउँसो अबेरबाट मतगणना सुरु भएको छ।

जिल्लाको ढोरपाटन नगरपालिकामामा मतगणना प्रतिनिधि राख्ने विषयमा विवाद हुँदा झडप समेत भएको छ। झडपमा परी दुई जना घाईते भएका छन्। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार ढोरपाटन नगरपालिका-९ का भीमबहादुर विक र वडा नम्बर १ का खिमबहादुर विक घाइते भएका छन्। गम्भीर घाईते भिमबहादुरलाई हेलिकप्टरमार्फत थप उपचारका लागि पोखरा लगिएको छ। ढोरपाटनमा मतगणना सुरु गर्ने तयारी भएको बताईएको छ। जिल्लाको बडिगाड गाउँपालिकामा पनि मतगणना सुरु हुन सकेको छैन।

वडा नम्बर ४ जलजलाको विषयलाई लिएर विवाद भएपछि एमाले सर्वदलीय बैठकमै बसेको छैन। जलजलामा पाँच दलीय गठबन्धनका कार्यकर्ताले मतदाना बेला बुथमा जबरजस्ती गरेको भन्दै एमालेले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको थियो। त्यसपछि एमाले सर्वदलिय बैठक बोलाउँदा सहभागी नै नभएपछि मतगणनाको निर्णय हुन सकेको छैन। तमानखोला गाउँपालिकामा मतगणना सुरु भएको छ। बिहानबाटै गणना सुरु भएको ताराखोला गाउँपालिका वडा नम्बर ५ मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार मनबहादुर रोका सहितको प्यानल नै विजयी भएको छ।

पालिका अध्यक्षमा माओवादी केन्द्रका धनबहादु विक हिमाल र उपाध्यक्षमा नेपाली काँग्रेसका भिमबहादुर रोका अगाडि छन्। गलकोट नगरपालिका वडा नम्बर १ मा गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका लालबहादुर रानाको प्यानल नै विजयी भएको छ। गलकोट नगरपालिका ११ मा गठबन्धनलाई पन्छाउँदै एमालेका वडाध्यक्ष उम्मेदवार डम्बर श्रीस जिततर्फ अगाडि बढेका छन्। गलकोट नगर प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार भरत शर्मा गैरे र उपप्रमुखमा माओवादी केन्द्रका फमलाल निउरेले अग्रता लिएका छन्। जैमिनी नगरपालिकामा वडा नम्बर १० राङ्खानीबाट गणना सुरु भएको छ।

प्रकाशित: ३१ वैशाख २०७९ ११:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App