८ वैशाख २०८१ शनिबार
राजनीति

पोखरा महानगरको मतगणना सुरु

पोखरा महानगरपालिका वडा नं १२ को मत गन्दै। तस्बिर: उमेश पुन/नागरिक

पोखरा महानगरपालिकाको मतगणना सुरु गरिएको छ।  प्रतिनिधिका परिचय पत्र बनाउन भएको ढिलाईले मतगणना निर्धारित समय भन्दा दुई घण्टा ढिलो  सुरु भएको हो। 

मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले जनाए अनुसार प्रतिनिधि चयन र परिचयपत्र बनाउन भएको ढिलाईले गणना कार्य केही समय लागेको हो। वडा नं १२ बाट गणना शुरु गरिएको सहकर्मी सन्देश श्रेष्ठले जनाएका छन्।

नेकपा एमालेका प्रमुखका उम्मेदवार कृष्ण थापा र उपप्रमुख मन्जुदेवी गुरुङ हुन भने पाँचदलीय गठबन्धनका साझा उम्मेदावर धनराज आचार्य तथा उपप्रमुखमा नेपाली काँग्रेसकी कोपिला रानाभाट चुनावी मैदानमा थिईन्।। थापा पूर्व नगरप्रमुख हुन भने गुरुङ बर्तमान उपप्रमुख हुन्।

२ लाख ७ हजार ७ सय १२ मतदाता मध्ये शुक्रबारको मतदानमा १ लाख ४३ हजार २ सय २८ मतदाता मतदानमा सहभागिता जनाएको तथ्यांक छ। जिल्ला निर्वाचन कार्यालय कास्कीको अनुसार ६८.९६प्रतिशत मत खसेको छ।

प्रकाशित: ३१ वैशाख २०७९ ११:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App