coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
निर्वाचन विशेष

भरतपुर महानगरमा एमालेकाे अग्रता

चितवनको भरतपुर महानगरपालिकमा नेकपा (एमाले) का उम्मेद्वार विजय सुवेदीले सुरुवाती अग्रता लिएका छन्। 

भरतपुर वडा नम्बर १ को १०१ मत गन्दा सुवेदीले ४१ मत प्राप्त गरेका छन्। सुवेदीलाई पच्छ्याउँदै सतारुढ गठबन्धनकी उम्मेद्वार रेनु दाहालले ३७ मत प्राप्त गरेकी छन्। 

त्यस्तै स्वतन्त्र उम्मेद्वारी दिएका जगन्नाथ पाैडेलले ८ मत ल्याएका छन्।  १४ मत बदर भएको छ। त्यस्तै उपमेयर काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ३९ र राप्रपाकि हिमाल गुरुङले ३७ मत प्राप्त गरेकी छन्। भरतपुरकाे मतगणना चितवन उद्योगसंघको प्रदर्शनी केन्द्रमा सुरू भएको छ।

२९ वटा वडा रहेका भरतपुरमा वडा नम्बर १ बाट गणना सुरु गरिएको छ। अहिले एक ठाउँबाट गणना कार्य सुरु गरिएपनि पछि थप गर्दै लगिने मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा प्रमुख प्रकाश अधिकारीले जानकारी दिए। 

उनका अनुसार जेठ ५ गते भित्र अन्तिम नतिजा आउने गरी मतगणना गरिने छ। भरतपुरमा १ लाख २७ हजार ८ सय ३९ मत खसेको छ। मतगणना बिहान ९ बजेदेखि सुरु गर्ने भनिए पनि एजेन्ट राख्ने विषयमा विवाद हुँदा ढिला गरि सुरु भएको थियो। 

प्रकाशित: ३१ वैशाख २०७९ ०९:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App